१६ जना जुवाडे पक्राउ

१ मंसिर, बाग्लुङ । बाग्लुङका विभिन्न स्थानबाट १६ जना जुवाडे पक्राउ गरेका छन् ।

आइतबार राति बागलुङ नगरपालिका–६ भान्सा र सोही वडाको ठूलढुङ्गामा जुवातास खेलिरहेका अवस्थामा नगदसहित उनीहरु पक्राउ परेका हुन् । बागलुङ नगरपालिका–६ ठूलढुङगाका तिलकबहादुर थापाको घरबाट ६७ हजार सात सय नगदसहित आठ जना पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका दिलबहादुर थापा, झकबहादुर थापा, यमबहादुर थापा, धनबहादुर थापा, तिलक थापा, दलबहादुर थापा, तीर्थबहादुर थापा र दिलबहादुर छन्त्याल छन् । यसैगरी बागलुङ नगरपालिका–६ भान्साका शिव केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेको बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । उनका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका राजन सापकोटा, कुलबहादुर केसी, मानबहादुर केसी, रामकृष्ण सापकोटा, दिपक सापकोटा, इश्वर केसी, सागर केसी र दिपेश सापकोटा छन् । उनीहरुको साथबाट ८५ हजार ६८० नगदसहित केही थान ताससमेत बरामद गरेको प्रहरी नायव उपरीक्षक रेग्मीले बताए । पक्राउ परेका सबैलाई कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको पनि उनले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top