मोटरसाइकल दुर्घटनामा मेारङमा एककेा मृत्यु

४ जेठ ७५, शनिबार

उर्लाबारी, मोरङ, ५ जेठ ः उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटनामा उर्लाबारीका २४ वर्षीय मनकुमार धिमालको घटनास्थलमै मृत्यु भएको छ ।

Advertisement

दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । राति १२ बजे नगरपालिका–१ स्थित कान्छी चोकमा अत्यधिक गतिमा रहेको को २८ प ८३९२ नंको मोटरसाइकल अनियन्त्रित भई सडक किनारका रूखमा ठोक्किँदा पछाडि सवार धिमालको मृत्यु भएको र घाइते मोटरसाइकल चालक सोही ठाउँका ३९ वर्षीयबालजीत सुब्बालाई स्थानीय मंगलबारे अस्पतालमा उपचार गराई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top