ट्रम्पले सहकार्य नगरे थुप्रै सङ्क्रमितको ज्यान जान सक्ने बाइडनको चेतावनी

१ मंसिर ७७, मंगलबार

२ मंसिर, एजेन्सी ।
डोनल्ड ट्रम्पद्वारा यदि आफ्नो आउने राष्ट्रपतीय प्रशासनलाई अवरुद्ध बनाइ राखिए थप मानिसहरूको ज्यान जान सक्ने जो बाइडनले चेतावनी दिएका छन्।

डेलावेयरमा बोल्दै राष्ट्रपति चुनाव जितेका बाइडनले कोरोनाभाइरसको प्रकोप रोक्नका लागि समन्वयको आवश्यकता थियो भनेका छन्।

राष्ट्रपति ट्रम्पलाई उनले अस्वीकार गर्दै आएको हारलाई स्वीकार्न पुनः आह्वान गरे। पूर्व प्रथम महिला मिसेल ओबामाले पनि ट्विटरमा लेखेकी छन्, यो कुनै खेल होइन।

Advertisement

कानुनी चुनौती
बाइडनले चुनाव जित्न चाहिने २७० इलेक्टरल भोटभन्दा बढी ३०६ इलेक्टरल भोट पाएका छन्। तर अझै पनि रिपब्लिकन वर्तमान राष्ट्रपति ट्रम्पले हार स्वीकारेका छैनन्।

 उनले सोमवार बिहान ट्वीट गरे, मैले चुनाव जितेँ। ट्रम्पको अभियानले विभिन्न राज्यहरूमा मतगणनामाथि प्रश्न उठाउँदै कानुनी चुनौती दिएको छ।

Advertisement

ट्रम्पको अस्वीकार
राष्ट्रपतीय निर्वाचनपछि सङ्क्रमणकालीन कार्यहरू गर्ने सरकारी निकाय जेनेरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जीएसए) ले अझै बाइडन र उनकी चुनावी साथी कमला ह्यारिसलाई विजेताका रूपमा मान्यता दिइसकेको छैन।

उनीहरू आसन्न प्रशासनलाई दिइने संवेदनशील सरकारी ब्रिफिङहरूको पहुँचमा छैनन्।

डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति जितेका बाइडनका सहयोगीहरूले ट्रम्पद्वारा सङ्क्रमणमा उनीहरूलाई सामेल गर्न अस्वीकार गर्नु भनेको बाइडनको समूहलाई खोप वितरण रणनीतिको योजना बनाउनबाट बाहिर राख्नु भएको बताएका छन्।

सोमवारको आफ्नो मन्तव्यमा बाइडनले अस्वीकारलाई पूर्णरूपमा गैरजिम्मेवार बताए। उनले भने, कोही यसलाई बुझ्छ? यो भनेको मानिसहरूको जीवन बचाउने कुरा हो। वास्तवमा, यो अतिशयोक्ति होइन।

यदि हामीले सहकार्य गरेनौँ भने अझ धेरै मानिसहरू मर्नेछन्। योजना बनाउन सुरु गर्नकै लागि यदि हामीले ज्यानुअरी २० सम्म पर्खनु पर्‍यो भने यसले हामीलाई पछि पार्छ।(बीबीसी)

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top