अरिङ्गालले टोकेर १३ वर्षीया बालिकाको निधन

२ मंसिर ७७, मंगलबार

२ मंसिर, पोखरा ।
स्याङ्जामा अरिङ्गालले टोकेर एक बालिकाको निधन भएको छ ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्याङ्जाका अध्यक्ष सुर्य प्रसाद गैह्रे शर्मा ‘पारस’ की छोरी अतिथि शर्माको अरिगांलले टोकेर सोमबार निधन भएको हो ।

१३ वर्षीया अतिथिको अरिङ्गालले टोकेर निधन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख होविन्द्र बोगटीका अनुसार अतिथिको पुतलीबजार नगरपालिका–१४ स्थित लामागेमा अरिङ्गालले टोकेपछि उपचारका क्रममा निधन भएको हो ।

Advertisement

माथिल्लो घरबाट तल्लो घरमा भाइटिका लगाउन जाँदा अतिथिलाई नजिकैको रुखमा रहेको अरिङ्गालले टोकेर घाइते बनाएको थियो ।

अतिथिको पोखरास्थित गण्डकी अस्पतालमा उपचारको क्रममा निधन भएको बोगटीले बताए । मृतक अतिथिको मंगलबार पोखरामा दाहसंस्कार गरिएको छ ।

Advertisement

त्यस्तै आँधीखोलामा अर्की एक बालिकालाई पनि अरिङ्गालले टोकेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top