×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

कात्तिक महिनामा मात्रै करिब चार सय व्यक्ति तथा फर्महरु कालोसूचीमा

२ मंसिर २०७७

२ मंसिर, काठमाडौं । कर्जा सूचना केन्द्र (सीआईबी) ले कात्तिक महिनामा मात्रै करिब चार सय व्यक्ति तथा फर्महरुलाई कालोसूचीमा राखेको छ । बैंक तथा वित्तीय क्षेत्रहरुको आग्रहमा सीआईबीले व्यक्ति तथा फर्महरुलाई कालोसूचीमा राखेको हो ।

ऋण लिएर भुक्तानी नगर्ने तथा चेक अनादर (बाउन्स) गर्नेहरुलाई पनि सीआईबीले बैंक तथा वित्तीय संस्थाहरुको आग्रहमा कालोसूचीमा राख्ने गरेको छ । सीआईबीले दिएको जानकारी अनुसार कात्तिक महिनामात्रै ३ सय ८८ व्यक्ति फर्म कम्पनीहरु कालोसूचीमा परेका छन् ।

Advertisement
Advertisement

यीमध्ये धेरै ऋण लिएर नतिर्नेहरु रहेका छन् भने कतिपय खातामा रकम नभएको चेक दिएर दुःख दिनेहरु रहेका छन् । कात्तिक महिनाको २ गतेमात्रै सीआईबीले ५ जनालाई कालोसूचीमा राखेको जनाएको छ ।

२ गते व्यक्तितर्फ प्रमिला सिंह, मनकुमार बस्नेत र पूर्ण प्रसाद तिमिल्सना नाम गरेका व्यक्ति कालोसूचीमा परेको केन्द्रले जनाएको छ । २ गते नै अरनिको ट्रेडिङ कम्पनी र श्री राम्चेदेवी बचत तथा ऋण सहकारी संस्थालाई सीआईबीले कालोसूचीमा राखिएको जनाएको छ ।

सीआईबीका अनुसार लकडाउन यतामात्रै कालोसूचीमा पर्नेको संख्या २ हजार ७८ पुगेको छ
यसरी कालोसूचीमा पर्ने सहकारी संस्थाहरुको संख्या भने अत्यन्तै कम हुन्छ । केन्द्रका अनुसार हालसम्म ५ वटा सहकारी संस्था कालोसूचीमा रहेका छन् । २०६० साल पुस २८ गते शैक्षिक संस्था सहकारी संस्था कालोसूचीमा परेको थियो ।

त्यसपछि ७ कात्तिक २०७० मा महिला जनउत्थान दुग्ध सहकारी संस्था, २५ फागुन २०७१ मा सिटी बचत तथा ऋण सहकारी संस्था, ३० चैत २०७३ मा राधाकृष्ण दुग्ध उत्पादक सहकारी संस्था र ६ जेठ २०७६ मा रानीवन कृषि सहकारी संस्था कालोसूचीमा परेका थिए । योसँगै सीआईबीको कालोसूचीमा पर्ने सहकारी संस्थाहरुको संख्या ५ पुगेको छ ।

आर्थिक वर्ष २०४६र४७ देखि निरन्तर रुपमा हरेक वर्ष ऋण नतिर्ने र कालोसूचीमा पर्नेको संख्या बढेको छ । आव ०७३र७४ भन्दा ०७४र७५ मा कालोसूचीमा पर्नेको संख्या २११ प्रतिशतले बढेको कर्जा सूचना केन्द्र (सीआईबी) ले जनाएको छ ।

केन्द्रका अनुसार आव ०७४र७५ मा १ हजार ३१३ वटा कम्पनी र तिनका सञ्चालक कालोसूचीमा परेकामा ०७५र७६ मा ६९२ जना मात्र परेका थिए । त्यसयता यो सूची लम्बिदो छ ।

सीआईबीका अनुसार लकडाउन यतामात्रै कालोसूचीमा पर्नेको संख्या २ हजार ७८ पुगेको छ । बैंक तथा वित्तीय संस्थाको आग्रहमा सीआईबीले लकडाउनयता उनीहरुलाई कालोसूचीमा राखेको हो ।

१० चैतसम्म १७ हजार ६४५ व्यक्ति र फर्म कालोसूचीमा थिए । लकडाउनको एक सातासम्म कालोसूचीमा पर्ने क्रम रोकियो । निकै कडा लकडाउन भइरहेका बेला १६ चैतमा सीआईबीले हेमकुमारी चौधरी, श्रीराम घिमिरे, सागर केसी, हर्कबहादुर सार्की, उमादेवी सार्की, कुमार घिमिरे, भरत गैरै र एमएस सोलुसन प्रालि गरि ७ व्यक्ति र एउटा कम्पनीलाई कालोसूचीमा राख्यो । त्यसयता कालोसूचीमा पर्नेहरुको संख्या दिन प्रतिदिन बढी रह्यो ।

Advertisement
Advertisement

सीआईबीका अनुसार चैतमा २४५ जना कालोसूचीमा परे । वैशाखमा जम्मा ९४ जना व्यक्ति तथा फर्म कालोसूचीमा परेकामा जेठमा १५१ र असारमा ३१८ जना परे । लकडाउनमा ऋण नतिर्नेको संख्या ठूलो रहेको यसले देखाउँछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top