मुकेश चौरासिया हत्या प्रकरणका मुख्य आरोपी पक्राउ

८ मंसिर, पर्सा।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका स्थानीय नेता मुकेश चौरासियाको हत्यामा संलग्‍न मुख्य अभियुक्त पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा विन्दवासिनी गाउँपालिका–३, इटियाहीका ३८ वर्षीय अखिलेश प्रसाद चौरसिया भनिने अशेसर प्रसाद चौरसिया छन् । उनलाई वीरगञ्‍ज महानगरपालिका–२५, अली सिर्सियाबाट पक्राउ गरिएको हो । उनलाई पक्राउ परी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

यसअघि कात्तिक ६ गते पर्स्यौनीमा रहेको सेलर मिलको भवनमा विन्दवासिनी गाउँपालिका कमिटीद्वारा सपथ ग्रहण गराउने क्रममा नेकपा कार्यकर्ताबीच झडप भएको थियो ।

सो क्रममा बाँसको भाटाले लागेर चौरासिया गम्भिर घाइते भएका थिए । उपचारका क्रममा न्युरो अस्पतालमा उनको मृत्यु भएको थियो ।

Advertisement

घटनामा प्रहरीले जाहेरी लिन आनाकानी गरेको भन्दै नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले विज्ञप्ति नै जारी गरेर कारवाही अघि बढाउन माग गरेका थिए ।  यसअघि पनि केही व्यक्तिलाइ पक्राउ गरिएकाे थियाे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top