जम्मूमा भेटियो ‘चरमपन्थी’ले बनाएको १५० मिटर लामो र ३ फिट चौडाइको सुरुङ

८ मंसिर ७७, सोमबार
Share this
715shares

८ मंसिर, एजेन्सी ।
जम्मूको सांबा सेक्टरमा अन्तर्राष्ट्रिय सीमाको ठीक मुनि आइतवार भारतीय सुरक्षा बलले एक सुरुङ भेटेको छ।

Advertisement

द हिन्दुसँग जम्मू प्रहरीका डिजिपीले भनेका छन्,’उक्त सुरुङ भारतमा चरमपन्थी समूहकाहरूलाई पठाउनका लागि बनाइएको थियो जो विहीवार नागरोटामा मारिएका थिए।‘

त्यस अपरेशनमा बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ) पनि प्रहरीको साथ थियो। बीएसएफका अनुसार उक्त सुरुङ एक सय पचास मिटर लामो र ३ फिट चौडाइ रहेको बताइएको छ।

Advertisement

जम्मूका प्रहरी महानिर्देशक दिलबाग सिंहले भनेका छन्,’हामी ती आतंकवादी कहाँबाट भारत छिरे भन्ने बुझ्न उत्सुक थियौं। ७६ घण्टाको प्रयासपछि उक्त सुरुङ पत्ता लाग्यो।

जुन पाकिस्तानको चकबुरा पोस्टबाट सुरु हुन्छ।‘ दिलबागका अनुसार १८ नोभेम्बरको रात भारमा आएका ४ आतंककारीले उक्त सुरुङ प्रयोग गरेको बताइएको छ।

Advertisement

मारिएका चारै जनाको फोन, जुत्ता, औषधी लगायत पाकिस्तानमा बनेका हुन्। सुरुङ छोप्न बनाइएको बोरा पनि पाकिस्तानी भएको दावी छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top