मकवानपुरमा ६७३ घरको छानो फेरिँदै

९ मंसिर ७७, बुधबार

१० मंसिर, मकवानपुर ।
पाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत मकवानपुरको निर्वाचन क्षेत्र नं २ मा ६७३ विपन्न परिवारको खरको छानो फेरिने भएको छ ।

क्षेत्र नं २ अन्तर्गतका हेटौँडा उपमहानगरपालिकाको केही क्षेत्र, थाहा नगरपालिका, मनहरि, राक्सिराङ, इन्द्रसरोवर, भीमफेदी र मकवानपुरगढी गाउँपालिकाका ६७३ घरको खरको छानो हटाएर जस्तापाताका छानो लगाइने भएको हो ।

मकवानपुर क्षेत्र नं २ का तर्फबाट प्रतिनिधिसभा सदस्य विरोध खतिवडाको सहभागितामा जिल्ला समन्वय समिति मकवानपुरले लाभग्राही सङ्ख्या निर्धारण गरेको जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।

Advertisement

आर्थिक वर्ष २०७६–७७ मै कार्यान्वयन हुनुपर्ने कार्यक्रम कोरोना भाइरस महामारीलगायत विभिन्न कारणले कार्यान्वयन हुन नसकेकाले यस वर्ष निरन्तरता दिइएको प्रमुख खुलालले बताए ।

जिल्ला निर्वाचन क्षेत्र नं २ अन्तर्गत हेटौंडा उपमहानगरपालिका क्षेत्रको वडा नं १, ३, ११ र १९ मा १०० घर, भीमफेदी गाउँपालिकामा ५०, कैलाश गाउँपालिकामा ७५, मकवानपुरगढी गाउँपालिकामा ५०, मनहरि गाउँपालिकामा १००, राक्सीराङ गाउँपालिकामा १७३ घर र इन्द्रसरोवर गाउँपालिकामा २५ घर सुरक्षित नागरिक आवास निर्माणअन्तर्गत छाना परिवर्तनका लागि निर्धारण गरिएको छ ।

Advertisement

उक्त कार्यक्रमअन्तर्गत पालिकाका अतिविपन्न, गरिब र भूकम्पपछि पुनःनिर्माणको लाभग्राहीको सूचीमा नपरेका परिवारले मात्र यो सुविधा प्राप्त गर्ने छन् । (रासस)

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top