बर्दिवासमा प्रहरीको गोली लागि ज्यान गुमाएका न्यौपानेलाई शहीद घोषणा गर्न स्थानीयको माग

१० मंसिर, महोत्तरी । बर्दिवासमा प्रहरीको गोली लागेर ज्यान गुमाएका सञ्जय भनिने बुद्धिराज न्यौपानेलाई शहीद घोषणा गर्न स्थानीयले माग गरेका छन् ।

बुधबार बिहान बर्दिवास सेवा समितिले आयोजना गरेको सर्वपक्षीय बैठकमा समितिका सदस्यसमेत रहेका न्यौपानेलाई सरकारले शहीद घोषणा गर्नुपर्ने माग अगाडि बढाइएको हो ।

त्यस्तै बैठकले आन्दोलनमा घाइते भएकाहरूको उपचार खर्च तथा क्षतिपूर्ति बेहोर्नुपर्ने, गोली चलाउन निर्देशन दिनेलाई निलम्बन गरी बर्खास्त गर्नुपर्ने, बालिकाको हत्यारालाई कानुनअनुसारको कारबाहीको लागि माग अगाडि सारेको हो ।

Advertisement

ती माग सरकारसम्म पु¥याउनका लागि कांग्रेस नेता चीरञ्जीवी हमालको संयोजकत्वमा ११ सदस्यीय वार्ता समितिसमेत गठन भएको समितका सदस्य हिरा गौतमले जानकारी दिए ।

प्रहरीको गोली लागेपछि घाइते भएका न्यौपानेको उपचारको क्रममा मङ्गलबार राति काठमाडौंमा ज्यान गएको थियो, उनको बुधबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने परिवारले जनाएको छ ।

Advertisement

गएको आइतबारदेखि हराएकी महोत्तरीको बर्दिबास १४ की ६ वर्षीया बालिकाको शव बोराभित्र कोचिएको अवस्थामा खाली चौरमा सोमबार मध्यराति भेटिएको थियो ।

बालिका हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ का अरुण साहलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ ।

घटनाको विरोधमा मङ्गलबार स्थानीय आन्दोलित भएका थिए । भिडलाई तितरवितर पार्न प्रहरीले चलाएको गोली ‘उछिट्टिएर’ लाग्दा तीन जना घाइते भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top