कोरोनाविरुद्धको खोप नआउँदासम्म दिल्लीका विद्यालय बन्द हुने

१० मंसिर ७७, बिहीबार

११ मंसिर, एजेन्सी ।

भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरस विरुद्धको खोप नआउदासम्म विद्यालय बन्द नै रहने भएका छन् । खोप नआउदासम्म बालबालिकाहरु विद्यालयमा सुरक्षित हुन नसक्ने भएकाले अहिले नै विद्यालयहरु खोल्न ठिक नहुने निश्कर्ष प्रदेश सरकारले निकालेको हो ।

दिल्ली प्रदेशका उप मुख्यमन्त्री तथा शिक्षा मन्त्री मनिष सिसोडियाले बुधबार भने, “जहिलेसम्म खोप आउदैन त्यहीलेसम्म दिल्लीका विद्यालयहरु बन्द नै रहन्छन् ।”कोरोनाविरुद्धको खोप नआउदै विद्यालय खोल्नु घातक हुने भएकाले विद्यालय खोल्ने निर्णय गर्न नसकिएको उनले स्पष्ट पारे ।

Advertisement

भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा गत मार्च १६ देखि सवै विद्यालयहरु बन्द नै रहेका छन् । कोरोनाभाइरसको महामारी फैलिन थाल्नासाथ सरकारले विद्यालय बन्द गराएको हो । भारतका कतिपय प्रदेशहरुले विद्यालय खोल्ने निर्णय गरेपनि दिल्ली प्रदेशले भने बन्दलाई अझै कायमै राख्ने निर्णय गरेको छ ।

तुलनात्मक रुपमा कोरोनाभाइरसबाट बढी प्रभावित प्रदेश भएकाले पनि दिल्ली सरकारले विद्यालय खोल्ने जोखिम नलिएको हो । नयाँदिल्लीमा मात्रै अहिलेसम्म कोरोनाभाइरसबाट पाँच लाख ४० हजार ५४१ जना सङ्क्रमित भएका छन् भने आठ हजार ६२१ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश भारतमा कोरोनाभाइरसबाट धेरै प्रभावित छ प्रदेश मध्येमा पर्दछ ।

Advertisement

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार अहिलेसम्म भारतमा ९२ लाख २२ हजार २१६ जना सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या भने एक लाख ३४ हजार ६९९ पुगेको अधिकारीहरुले जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top