×

NEPAL TIMES UPDATES

Playing
राष्ट्रपतिले फिर्ता पठाएको अध्यादेश सरकारले हुबहु पठायो || Nepal Times
May 04, 2026
Playing
Top 15 Afternoon News || May-04-2026 || Nepal Times
May 04, 2026
Playing
शक्तिशाली देशमा राजदूत कसरी नियुक्त गरिन्छ ? खुल्ला प्रतिष्पर्धाबाट गर्दा के हुन्छ ?|| Nepal Times
May 04, 2026
Playing
बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प|| Nepal Times
May 04, 2026
Playing
रास्वपामा नयाँ प्रयोगः’क्यान्डिडेट क्लब’ बाट टिकट ,नयाँलाई नदिने|| Nepal Times
May 04, 2026
Playing
चुच्चे नक्सा कागजमै सीमित हुने हो त? || Nepal Times
May 04, 2026
Playing
डोजरबारे बोले प्रधानमन्त्रीः ‘कोही पनि घरबारविहीन हुनुपर्दैन’ || Nepal Times
May 04, 2026
Playing
Trumpको घोषणासँगै तेलको मूल्यमा गिरावट || Nepal Times
May 04, 2026
Playing
लिपुलेकमा बालेन सरकारको चट्टानी अडान, भारत र चीनलाई कडा पत्र || Nepal Times
May 04, 2026
Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026

जाडोमा तापक्रम औसतभन्दा बढी नै रहने

११ मंसिर २०७७

११ मंसिर, काठमाडौँ ।

मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन् । जाडो समयमा तापक्रमको अवस्था कस्तो हुने भनेर विश्लेषण गर्न थालेका विभिन्न देशका मौसमविद् तथा वैज्ञानिकले तापक्रम केही सुख्खा रहने औँल्याएको जल तथा मौसम विज्ञान विभाग, हावापानी विश्लेषण शाखाका प्रमुख डा.इन्दिरा कँडेलले जानकारी दिइन् । सुख्खा हुने भन्नुको अर्थ औसतभन्दा केही बढी नै तामक्रम रहनु हो ।

Advertisement
Advertisement

दक्षिण एसियाली जलवायु आँकलन मञ्चले हरेक वर्ष हिउँद र वर्षाको समयमा यसैगरी हावापानी र जलवायुको अवस्था विश्लेषण गर्दै आएको छ । अहिले चिसोको अवस्था विश्लेषणका लागि छलफलमा जुटेको उक्त मञ्चको टोलीसँग जापान, कोरिया, बेलायत, अमेरिका, थाइल्याण्डका जलवायु विज्ञ तथा वैज्ञानिक सहभागी छन् । “यसपाली हिउँदको समयमा हुने मौसम परिवर्तनको अवस्थाबारे भएको प्रारम्भिक विश्लेषणमा धेरैजसो देशले सुख्खा हुने अर्थात तापक्रम औसतभन्दा बढी नै रहने विश्लेषण गरेको छ”, कँडेलले भनिन्, “धेरै देशमा सरदर वर्षा हुन्छ भन्ने देखाएको छ, तापक्रम सरदर औसतभन्दा केही तातो हुनेछ, जापानले भने केही बढी वर्षा देखाइरहेको छ ।”

उनले सबैको विश्लेषण सकेर दक्षिण एसियाको औसत जलवायुको अवस्था सार्वजनकि गर्ने तयारी भइरहेको जानकारी र्दिइन् । त्यसपछि जल तथा मौसम विज्ञान विभागले नेपालको अवस्था के हुने भनेर सार्वजनिक गर्नेछ । विगत वर्षसम्म दक्षिण एसियाको विश्लेषणलाई नै आधार लिँदै आएको नेपालको जल तथा मौसम विज्ञान विभागले गत वर्षबाट भने आफैँले पनि अवस्था कस्तो रहने भनेर नक्सा तयार पारी सार्वजनकि गर्ने गरेको छ ।

“पहिला मञ्चले जे तयार पार्दथ्यो हामीले त्यही सार्वजनिक गर्ने गरेका थियौँ”, डा.कँडेलले भनिन्, “गत वर्षबाट नेपालले पनि विश्लेषण गरेर सार्वजनिक गर्न थालेको छ, केही दिनमा हामी सार्वजनिक गर्छौ”, डा.कँडेलले यो वर्षको जाडोमा पश्चिमी वायु कम आउने देखिएको जानकारी गराइन् । मुख्यतः समुन्द्र र वायुमण्डलीय स्थितिको विश्लेषण गरेर निष्कर्ष निकालिने गरिन्छ । विभागका अनुसार गत वर्ष नेपालको पूर्वी भेगमा औसतभन्दा बढी चिसो भएको थियो भने अन्य क्षेत्रमा औसत अवस्था मै रहेको थियो ।

विभागको मौसम पूर्वानुमान महाशाखाले मुलुकभर चिसो बढिसकेको जनाएको छ । चिसो शुरु भएको र दैनिक चिसो बढ्दै जाने मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ । उनका अनुसार नेपालमा आज र भोलि उच्च पहाडी÷हिमाली क्षेत्रमा थोरै हिमपातको सम्भावना छ । शुक्रबार रातिबाट भने केही सुधार आउने छ । अहिले पश्चिमी वायुको प्रभाव रहेको र भोलि रातिबाट भने त्यो पनि केही हट्दै जाने भएकाले सुधार हुनेछ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतम चिसो मौसम बढेकाले त्यसबाट मानवीय क्षति कम गर्न आवश्यक तयारी थालिसकेको बताउँछन् । “प्राधिकरणले सबै जिल्लामा पत्राचार गरेर चिसोबाट मानवीय क्षति हुन नदिन आवश्यक तयारीमा जुट्न निर्देशन दिइसकेको छ, कार्ययोजनासहित पेश गर्न जिल्ला प्रशासनलाई निर्देशन भएको छ”, गौतमले भने । गत वर्ष तराईमा शितलहरबाट मानवीय क्षति न्यून भएको जानकारी गराउँदै गौतमले अहिले तयारीलाई अझै चुस्त पार्न लागिएको बताए । जिल्लाबाट चुनौतीको अवस्था र आवश्यक तयारीका कार्ययोजना आएपछि प्राधिकरणले थप रणनीतिका साथ आवश्यक निर्देशन दिने गौतमले जानकारी दिए ।

Advertisement

नारायण ढुङ्गाना/रासस

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top