प्रहरी समायोजन : नेपाल प्रहरीमा कति ? प्रदेशमा कति ?

११ मंसिर ७७, शुक्रबार

११ मंसिर, काठमाडौं । नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण प्रतिवेदन सरकारले स्वीकृत गरेसँगै प्रहरी समायोजनको बाटो खुल्ला भएको छ ।

लामो समयको अन्योलता र तयारीपछि अब नेपाल प्रहरीको समायोजन प्रक्रियाले गति लिने भएको छ । जसअनुसार प्रहरीको कुल जनशक्ति ७९ हजार ५ सय ३२ कायम भएको छ । त्यसमध्ये नेपाल प्रहरी मातहत २४ हजार ८ सय १२ र ७ वटै प्रदेश प्रहरीअन्तर्गत ५४ हजार ७ सय २० जना रहनेछन । प्रहरी केन्द्रीय मुख्यालायमै अन्तरप्रदेश समन्वय संयन्त्रसमेत रहनेछ । जसको नेतृत्व प्रहरी महानिरीक्षक (आईजीपी) ले गर्नेछन् ।नेपाल प्रहरी मातहत नै राजमार्ग सुरक्षा र एक प्रदेशबाट अर्काे प्रदेशको ट्राफिक व्यवस्थापन गर्ने संयन्त्र पनि रहनेछ । नेपाल प्रहरीको प्रदेश संरचना हेर्न हरेक प्रदेशमा नेपाल प्रहरी संघीय इकाइ कार्यालयको संरचना प्रधान कार्यालय मातहत रहनेछ । प्रहरी प्रधान कार्यालयअन्तर्गत विभाग, केन्द्रीय अनुसन्धान ब्युरो, विशेष ब्युरो, साइबर ब्युरो, लागूऔषध नियन्त्रण ब्युरो, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) लगायतका संरचना रहनेछन ।डीआईजी नेतृत्वको रहने प्रदेश प्रहरी कार्यालय प्रदेश सरकार मातहत रहने व्यवस्था छ । यस्तै अब डीएसपीसम्मको खटनपटन प्रदेश सरकार र त्यस मातहत रहेको प्रदेश प्रहरीबाट हुनेछ ।अब उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर शान्तिसुरक्षा र अपराध अनुसन्धान तथा नियन्त्रणका लागि उपत्यका प्रहरी सुरक्षा कार्यालय रहनेछ । जसको नेतृत्व एआईजीले गर्नेछन् ।समायोजनसम्बन्धी ऐन जारी भएको करिब ९ महिनापछि ओएन्डएम स्वीकृत भएसँगै प्रहरी समायोजन प्रकृयाले गति लिने विश्वास गरिएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top