‘स्मार्ट’ बन्दै विद्युत् प्राधिकरण

११ मंसिर ७७, शुक्रबार

१२ मंसिर, काठमाडाैँ ।

तपाईँको घरमा के कति मात्रामा बिजुली खपत भयो र त्यसको शुल्क कति तिर्नुपर्ने भयो भन्ने कुराको जानकारी लिन अब नेपाल विद्युत् प्राधिकरणका कर्मचारी घरघरमा आउनुनपर्ने भएको छ ।

प्राधिरकणले पाइलट प्रोजेक्टका रुपमा काठमाडौँ उपत्यकाका ११ वितरण केन्द्रमध्ये पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र मातहतका ग्राहकमा सो स्मार्ट मिटर जडान शुरु गरेको छ ।

Advertisement

प्राधिकरणका अनुसार कोरोना कहरमा पनि निरन्तर काम भइरहेको र हालसम्म १५ हजार ग्राहकका घरमा स्मार्ट मिटर जडान सम्पन्न भइसकेको छ । विशेष गरी थ्री फेज विद्युत् लिएका ग्राहकको घरमा उक्त स्मार्ट मिटर जडान गरिएको छ ।

प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले स्मार्ट ग्रिड प्रणालीको अवधारणा अनुरुप हाल काठमाडौं उपत्यकाममा स्मार्ट मिटर जडान तथा विद्युत्को तार भूमिगतको काम भइरहेको जानकारी दिए ।

रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत रहेका ग्राहकको ‘सर्भे’ सम्पन्न गरी मिटर जडान कार्य शुरु गरिसकेको छ र हालसम्म करिब १५,००० थान स्मार्ट मिटर जडान भइसकेको सिलवालले जानकारी दिए ।

एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले हाल काठमाडौँको रत्नपार्क तथा महाराजञ्ज विद्युत् वितरण केन्द्रमार्फत विद्युत् उपभोक्तालाई ‘एनइए डिजिटल क्याम्पेन’ अन्तर्गत स्मार्ट मिटरको जडान तथा वितरणको कामलाई तीव्र पारिएको छ ।

प्राधिकरणले पहिलो चरणमा एक लाख घरायसी ग्राहकलाई स्मार्ट मिटर दिने जनाएको छ । यो योजना सफल भइसकेपछि कतै समस्या देखियो भने कार्यालयमै बसेर विद्युत् अवरोध भएको स्थान पहिचान गर्न र समाधान गर्न सकिनेछ । उपकार्यकारी निर्देशक सिलवाले भने, “हामी स्मार्ट ग्रिडमा गयौँ भने हामीले कार्यालयको सञ्चालन तथा व्यवस्थापनको खर्चलाई कम गर्न सकिन्छ र अन्त्यमा त्यसले उपभोक्ताको विद्युत् खरिद मूल्य कम गरी उहाँहरुलाई साथै प्राधिकरणलाई पनि फाइदा पुग्छ ।”

एडिबीको सहुलियतपूर्ण ऋणमा प्राधिकरणले काठमाडाँै उपत्यकाका करिब ४० लाख पुराना मिटर परिवर्तन गरी नयाँ जडान गर्ने काम अघि बढाइरहेको छ । ग्राहकलाई सहज, सर्वसुलभ, भरपर्दो तथा किफायती विद्युत् आपूर्तिको आधुनिक सेवाका लागि नेपाल विद्युत् प्राधिकरण स्मार्ट ग्रिड प्रणालीको अवधारणामा प्राधिकरण अग्रसर भएको हो ।

विद्युत् उत्पादन, प्रशारण लाइन तथा वितरण प्रणालीलाई भरपर्दो विश्वस्तरीय बनाउनका लागि नवीनतम प्रविधि भित्र्याई नेपालको विद्युत् क्षेत्रलाई आधुनिक बनाउनका लागि प्राधिकरणले स्मार्ट ग्रिड अवधारणा अगाडि बढाएको हो ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आज आयोजित वेबनारमा बोल्दै प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गुणस्तरीय, भरपर्दो र किफायती ऊर्जाका लागि स्मार्ट ग्रिडको अवधारणा अघि बढाएर काम शुरु गरिसकेको बताए । उनका अनुसार, प्राधिकरणले आफ्नो बन्ने संरचना तथा सेवालाई डिजिटलाइज गर्दै अघि बढेको छ ।

“स्मार्ट ग्रिड सिस्टममा प्राधिकरणलाई जति चाँडो लैजान सकिन्छ उति चाँडो हामी गुणस्तरिय विद्युत् उपभोक्तालाई दिन सक्छौँ र प्राधिकरणको प्रणाली पनि सशक्त हुन्छ, हामीले विद्युत् उत्पादनदेखी प्रशारणलाइन, वितरण, र भारप्रेषण केन्द्रलाई आधुनिक बनाउँदै छौँ”, उनले भने ।

त्यसमा विद्युत् उत्पादनदेखि उपभोक्ताको घरसम्म पुग्ने विद्युत्को समग्र प्रणालीलाई एउटा विस्तृत ‘फ्रेमवर्क’भित्र अटाउन सकिन्छ । संरचना निर्माणमा आधुनिक प्रविधिलाई जोड दिइएको छ भने उपभोक्ताको घरसम्मपुग्ने स्मार्ट मिटरलगायत काम तीव्र गतिमा अघि बढेको छ ।

उहाँका अनुसार, मुख्य रुपमा नेपाल सरकार तथा प्राधिकरणकै मास्टर प्लानअनुसार हाम्रा सबै निर्देशनालय तथा कार्यालयलाई अत्याधुनिक प्रविधि मैत्री (डिजिटल एनइए) बनाउनका लागि काम भइरहेको छ ।

नेपाल सरकारले दुई वर्ष अगाडि नै डिजिटल नेपालको अवधारणा ल्याएको थियो । सोही अवधारणाअनुसार नै प्राधिरकण पनि अगाडि बढेको छ । त्यसमा पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नै डिजिटल एनइएको अवधारणालाई कार्यान्वयनमा लिएका थिए ।

कार्यक्रमा बोल्दै एसियाली विकास बैक ९एडिबी० नेपाल प्रमुख मुख्तर खामुदखानोभले संसारका धेरै देशले विद्युत्को क्षेत्रमा उत्पादन, प्रशारण तथा वितरण प्रणालीलाई स्तरोन्नति गरिरहेको र नेपालले पनि वर्षौं पुराना विद्युत्का संरचनालाई समयसापेक्ष रुपमा स्तरोन्नति गरेको बताए ।

विद्युत् उपभोक्तालाई समयसापेक्ष सेवा तथा सुविधा दिनुपर्ने देखिएकाले बैंकले त्यस कार्यका लागि नेपाल सरकारसँग निरन्तर सहकार्य गरिरहेको उनको भनाइ छ । “विश्वमा विद्युत् क्षेत्रमा प्रयोग भएका नवीनतम प्रविधि तथा सञ्चारको विकास भइरहेको तथा धेरै देशले त्यसलाई आत्मसात गरिसकेको अवस्थामा नेपालले पनि स्मार्ट ग्रिडलगायत विभिन्न प्रविधि भित्र्याउनका लागि नीतिगत सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ”, उनले भने, “अन्य देशले यो क्षेत्रमा गरेका नवीनतम विकासलाई आत्मासात गरिसकेका कारण नेपालको समग्र ग्रिडलाई आधुनिक प्रविधियुक्त बनाउन सक्ने र यो काम धेरै चाँडो गर्न सकिने र प्राधिरकणले नै त्यो काम गर्न सक्छ ।”

कार्यक्रमा बैंकका ऊर्जा विशेषज्ञ जीवन आचार्यले अर्पयाप्त ऊर्जा उत्पादन, कमजोर वितरण प्रणाली र प्रसारण पूर्वाधारका कारण नेपालको विद्युत् क्षेत्रले धेरै चुनौतीको सामना गरिरहेको बताए । उनले वर्षौंको लगानी भए पनि विद्युत् क्षेत्र सुधारमा ढिलाइ भएका कारण नेपालले त्यस्ता समस्या भोग्नुपरेको उल्लेख गरे ।

हाल विश्वमा विद्युत्को संरचनामा नै परिवर्तन भइरहेकाले विद्युत् वितरण, यसमा प्रयोग हुने प्रविधि, सेवा, नियामक निकायलाई सहयोग हुने भएकाले स्मार्ट ग्रिडको प्रयोगले विद्युत् वितरणमा सहजता, सुविधा तथा सुुरक्षा हुन सक्ने उनको भनाइ छ । बैंकले नेपालमा ‘पावर ट्रान्समिसन एण्ड डिष्ट्रिब्यूसन इफिसेन्सी’ परियोजनाअन्तर्गत स्मार्ट मिटरको मार्गचित्र नै बनाएर सहायता गरिरहेको छ ।

यसबाट प्राधिकरणको चुहावट घटाउन, बढी विद्युत् माग हुने समयको व्यवस्थापन गर्न, सस्तोमा बिजुली उपलब्ध गराउन सम्पत्ति व्यवस्थापन, तथा ठूलो मात्रामा खर्च कटौतीलगायत काममा सहायता पुग्नेछ भने बिजुलीको भरपर्दो आपूर्ति, विद्युत् कटौती नहुने तथा समय र पैसाको बचत हुनेछ ।

एडिबीका ऊर्जासम्बन्धी वरिष्ठ परियोजना अधिकृत पुष्कर मानन्धरले बैंकले प्राधिकरणसँग मिलेर नेपालको विद्युत्को क्षेत्रमा धेरै सहयोग तथा सुधारको काम गरेको जानकारी दिए ।

“हामी एडिबीको ऊर्जासम्बन्धी कार्यविधि तथा नेपाल सरकारको ऊर्जा तथा जलस्रोत नीतिमा रहेर नेपालको विद्युत् क्षेत्रलाई कसरी भरपर्दो, सुधार, क्षमता अभिवृद्धिका लागि अनवरत सहयोग तथा सहकार्य गरिरहेका छौँ, स्मार्ट ग्रिडको अवधारणा नियमित रुपमा अघि बढ्ने अत्यावश्यक प्रक्रिया हो ।”

स्मार्ट ग्रिडको शुरुआतका रुपमा नेपालमा स्मार्ट मिटरको जडान, विद्युत्को ठूलो तथ्याङ्क विश्लेषण तथा सञ्चार, विद्युतीय सवारीको विस्तार, नीतिगत सुधारका पहल तथा अन्य धेरै विषयमा नेपाल सरकार तथा प्राधिकरणसँग सहकार्य अगाडि बढाइरहेको छ ।

अष्ट एण्ड योङका निर्देशक भिनित मिश्रले विश्वका धेरै देश स्मार्ट ग्रिडमा गइसकेको जानकारी दिँदै यसबाट नेपालले ठूलो फाइदा लिन सक्ने बताए ।

उनका अनुसार स्मार्ट ग्रिडको कार्यान्वयनले ऊर्जाको प्रणालीलाई सञ्चालनलाई भरपर्दो र प्रभावकारी बनाउने यसले हरेक ग्राहकलाई बिजुलीको बिल तिर्न र सम्पूर्ण सूचना पाउन सहजता हुने तथा सेवा प्रदायकलाई हरेक ग्राहकको सम्पूर्ण जानकारी तुरुन्तै पत्ता लाग्नेछ ।

कुनै समस्या आउने वित्तिकै तत्काल समस्या समाधान गर्न पनि सहयोग पुग्ने उनको भनाइ छ । रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top