×

NEPAL TIMES UPDATES

Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026

प्रचण्डलाई ओलीको प्रश्नः नेतृत्व त्याग्न म तयार छु, तपाईं नि ? [जवाफको पूर्ण पाठ]

१३ मंसिर २०७७

१३ मंसिर, काठमाडाैँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बन्द खाममा आफ्नो प्रस्ताव राखेपछि त्यसमाथि अध्ययन र आवश्यक कारबाहीका लागि सचिवालय बैठक आगामी मंसिर १६ गते बस्ने भएको छ ।

Advertisement
Advertisement

बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका छन् । यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्तावको जवाफमा ओलीले आफ्नो प्रतिवेदन पेस गरेका हुन् । बैठकपछि प्रतिक्रिया दिँदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताए ।

प्रचण्डको प्रतिवेदनमा उल्लेख भएका कतिपय विषय ‘आरोप’ भएको बताउँदै ओलीले त्यसको प्रतिवादका लागि लिखित प्रतिवेदन ल्याउन १० दिनको समय माग गरेअनुसार आजको बैठक सम्पन्न भएको हो । ओलीको प्रतिवेदनमा पार्टी एकताको समीक्षाका साथै सरकारले गरेका काम र उपलब्धिको चर्चा गरिएको छ । यसका साथै उनले अर्का अध्यक्ष प्रचण्डमाथि समेत गुटबन्दी गरेका आरोप लगाएका छन् ।

ओलीले अर्का अध्यक्ष दाहालले पेस गरेको प्रस्तावलाई कुण्ठा र कृत्रिम आरोपको संगालोको संज्ञा दिएका छन् । ओलीले पेस गरेको लिखित जवाफमा दाहालले वितरण गरेको ’प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको उल्लेख गरिएको छ । ’त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले खासै महत्व नदिँदा पनि हुने उल्लेख छ । तर त्यसमा उठाइएका सङ्गीन र भ्रमोत्पादक प्रश्नहरुलाई अनुत्तरित राखी छाड्नु पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनताकै अहितमा हुने भएकाले केन्द्रीय सचिवालय बैठकमा यस सम्बन्धमा आफ्ना विचारहरु प्रस्तुत गरेको छु,’ ओलीको जवाफमा भनिएको छ ।

यस्तै प्रचण्डले पेस गरेको प्रस्तावको जवाफमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पार्टी नेतृत्व त्याग्न तयार रहेको उल्लेख गर्दै दाहाललाई त्यसका लागि तयार हुनुहुन्छ भन्ने प्रश्न गरेका छन् । यस्तै प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले प्रस्तावमा आफूलाई लगाएका आरोप पुष्टि गर्न पनि चुनौती दिएका छन् । उनले भनेका छन्, ’कि त आरोप पुष्टि गर्नुस् होइन भने परिणामको जवाफदेहिता लिन तयार हुनुहोस् ।’ नेकपामा दुईजना अध्यक्षले एक–अर्कालाई आरोप–प्रत्यारोप गर्दै लिखित प्रतिवेदन पेस गरेपछि स्पष्ट रूपमा दुईलाइनको संघर्ष सुरु भएको छ । सचिवालय बैठकका नौ जनामध्ये पाँचजना स्पष्ट रूपमा प्रचण्डको प्रतिवेदनको पक्षमा देखिएका छन् ।

सचिवालयमा ओलीको प्रतिवेदन स्वतः अल्पमतमा परेको अवस्थामा स्थायी कमिटीमा दुवै प्रतिवेदन प्रस्तुत हुनेछन् । यसअघि नै नेकपाले आगामी १८ गते स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरिसकेको छ । अबको स्थायी समितिमा दुवै अध्यक्ष प्रतिवेदन छलफलका लागि प्रस्तुत भएपछि तिनीहरूरुलाई संश्लेषण गरेर एकल प्रस्ताव केन्द्रीय समितिमा लैजाने या केन्द्रीय समितिमा पनि दुई बेग्लाबेग्लै प्रस्ताव लैजाने विकल्प खुला रहनेछ ।

अध्यक्ष ओली पक्षधर भने संख्यात्मक रूपमा अल्पमतमा परिने भएकोले दुवै प्रस्ताव फिर्ता गर्ने र साझा प्रस्ताव तयार गर्नुपर्ने मतमा रहेका छन् । अध्यक्ष ओलीले पेस गरेको प्रतिवेदनका आधारमा प्रचण्ड समूहले आगामी रणनीति बनाउने बुझिएको छ । ओली पक्षका रणनीति भने ओलीको प्रतिवेदनमाथि आउने प्रतिक्रियाका आधारमा हुने देखिन्छ । यद्यपि उनीहरूको जोड सकेसम्म दुवै प्रतिवेदन फिर्ता गर्नुपर्नेमै रहनेछ ।

हेर्नुस् प्रस्तावको पूर्णपाठ :

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top