वर्तमान सरकारको विकल्प छैनः मन्त्री अर्याल

१४ मंसिर ७७, आइतबार

१४ मंसिर, स्याङ्जा ।

Advertisement

भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले केपी ओली नेतृत्वको वर्तमान सरकारको विकल्प नभएको बताएकी छन्।

मन्त्री अर्यालले आईतबार वालिङ १२ को छाप कौलाशे लिफ्टििङ खानेपानी उपआयोजनाको शिलन्यास गर्नुहुँदै नेकपा पार्टीभित्रको विवादलाई लिएर सरकारको भविष्य माथि के हुन्छ भन्ने प्रश्नहरु उठेपनि वर्तमान सरकारको विकल्प नरहेको र ५ वर्षसम्म निरन्तर रहने बताइन् ।

Advertisement

कम्युनिष्ठ पार्टी एक गतिशिल पार्टी भएकाले छलफल र विवाद स्वाभाविक भएको भन्दै उनले भनिन्, ‘पार्टी भित्र बहस घनिभुत रुपमा चल्छ तर पार्टी फुट्ने कुरा हुँदैन् । दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । सदस्यहरुको तहमा प्रतिवेदन पुगेको छ । बहस र छलफल चल्दैमा पार्टी फुट्ने कुनै संभावना छैन् ।’

नेपाल सरकारले सन २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यका साथ जनताको आधारभुत आवश्यकता पुरा गर्न अगाडि बढेको मन्त्री अर्यालले बताइन् ।

Advertisement

४३ करोडको खानेपानी योजना अन्तरगत वालिङ नगरपालिकाका विभिन्न वडाहरुमा गरी ९ खानेपानी उपयोजनाहरु सञ्चालन हुनेछन् । त्यही योजना अन्तरगत मन्त्री अर्यालले आईतबार छाप कौलाशे लिफ्टिङ उपयोजना, सिर्सेकोट लिफटिङ उपयोजना, डुडखोला खानेपानी उपयोजना र अधेरीखोला लंकाकोट अर्लुङ भोर्ले उपखानेपानी योजनाको शिलन्यास गरेकी छन् ।

यी ४ योजना बाहेक वालिङ १ मा त्रियासीमा खानेपानी उपयोजना निर्माण शुरु भएको छ भने पेखु, पाठखोला, मिर्दि, रामबाच्छा खानेपानी उपयोजना शिलन्यास हुन बाँकी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top