धान खेतमा काम गरिरहेका मजदुरहरुको विभत्स हत्या

१४ मंसिर ७७, सोमबार

१५ मंसिर, एजेन्सी ।
नाइजेरियामा भएको एक हमलामा कम्तीमा ४३ जना मजदुरको ज्यान गएको छ ।

नाइजेरियाको उत्तर पूर्वी मेड्गुरी नजिक धान खेतमा काम गरिरहेका मजदुरको विभत्स हत्या गरिएको बीबीसीको खबरमा उल्लेख छ ।

यो क्षेत्रमा बोको हराम र इस्लामिक स्टेटसम्बन्धी विद्रोही समूह सक्रिय छन् । यो हत्यालाई गएको केही महिनापछिको सबैभन्दा विभत्स हमला मानिएको छ ।

Advertisement

अहिलेसम्म हमलाको कसैले पनि जिम्मेवारी लिएको छैन । राष्ट्रपति मोहम्मद बुखारीले यस घटनालाई जति निन्दा गरे पनि कम हुने भन्दै निन्दा गरेका छन् ।

ज्यान गुमाएका मजदुर नाइजेरियाको उत्तरपश्चिम राज्य सोकोतोबाट एक हजार किलोमिटर टाढा उत्तरपूर्वी क्षेत्र बोर्ने राज्यमा रोजगारीका लागि आएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top