पार्टीमा देखिएको तिक्तताको मुख्य कारक प्रधानमन्त्रीलाई मात्रै ठान्नु एकता विरोधी मानसिकताः मुख्यमन्त्री पोखरेल

पार्टीमा देखिएको तिक्तताको मुख्य कारक प्रधानमन्त्रीलाई मात्रै ठान्नु एकता विरोधी मानसिकताः मुख्यमन्त्री पोखरेल

१६ मंसिर, विराटनगर ।

नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीमा उत्पन्न समस्यालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको मात्र राजीनामा माग्नु गलत भएको बताएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य पोखरेलले पार्टीमा देखिएको तिक्तताको मुख्य कारक प्रधानमन्त्री ओलीलाई मात्रै ठान्नु एकता विरोधी मानसिकता भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत नेकपामा पछिल्लो समय देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री ओलीलाई एक पक्षीय रुपमा मात्र बाधक देख्नु गलत भएको बताएका हुन् ।

गत कात्तिक २८ गते अर्का अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेश गरेको प्रस्ताव नै गलत भएको भन्दै पोखरेलले प्रधानमन्त्री ओलीविरुद्ध लगाइएका आरोप निराधार भएको बताउँदै आएका छन् ।

उनले यसअघि नै पार्टी एकताको मर्म र विगतको जनमत अनुसार आन्तररिक विवाद समाधान गरेर अघि बढ्नुपर्ने बताउँदै आएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.