दिनभरका प्रमुख खबर

१६ मंसिर ७७, मंगलबार
Share this
746shares

आजका प्रमुख खबरहरुः

Advertisement

१.(केकले कमाल गर्ला ?)
सत्तारुढ नेकपाको सचिवालय बैठक महासचिव विष्णु पौडेलको जन्मदिनको अवसरमा केक काटेर बालुवाटारमा सुरु /अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको दुवै प्रस्तावमाथि छलफल सुरू/ बुधबार पनि जारी रहने बैठकले विवादको जड खोजी गर्ने ।

२.(बर्दियाको कम्पन)
बर्दिवासमा बालिका हत्याको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको प्रकरणमा मुछिएका दुई जना प्रहरी जिल्ला तानिए /घट्ना छानबिनका लागि गृह मन्त्रालयले बनाएको समितिका पदाधिकारी महोत्तरी पुग्दै ।

Advertisement

३.(राजावादीमाथि लगाम)
काठमाण्डौका विभिन्न ठाउँमा भईरहेका सभा, जुलुस, प्रदर्शनजस्ता क्रियाकलाप तत्काल बन्द गरेर कोरोना सङ्क्रमणको रोकथाममा सहयोग गर्न जिल्ला प्रशासनको आग्रह / भिडभाडजन्य गतिविधि सञ्चालन गरेको पाइए कारबाही गर्ने चेतावनी ।

४.(गरे त हुने रहेछ )
काठमाडौं महानगरपालिकाले पीसीआर परीक्षणका लागि नागरिकको घरघरमा गएर स्वाव संकलनको कामलाई तिव्रता दिँदै /संक्रमणको दर बढिरहेकाले अनावश्यक रुपमा घर बाहिर ननिस्किन पनि सर्वसाधारणहरुलाई आग्रह ।

Advertisement

५.(नेपालमा आज)
नेपालमा २४ घण्टामा थप २१ कोरोना संक्रमितको मृत्यु/आजै १३ सय ४ नयाँ संक्रमित थपिँदा २ हजार ७३ डिस्चार्ज /देशभर १६ हजार ६ सय ३३ जना सक्रिय संक्रमित ।

६.(कहाँ बनाउने शवदाह गृह ?)
पोखरा शान्तिवन क्षेत्रमा विद्युतीय शवदाह गृह बनाउन लागिएको भन्दै स्थानीयको विरोध /वन फडानी गरेर निर्माण गर्न लागिएको शवदाह गृहविरुद्ध उच्च अदालतमा परेको मुद्दा अझै विचाराधीन / क्षेत्राधिकार नाघेर दाहसंस्कार समितिका नाममा जग्गा बाँडफाँड गरेपछि स्थानीय आक्रोशित ।

७.(पढ्ने कि सुरक्षित हुने ?)
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरूमा अब नियमित पठनपाठन हुने / पूर्वतयारी र स्वास्थ्य सतर्कता अपनाउँदै परीक्षा र नियमित पठनपाठनहरु भौतिक रुपमै सञ्चालन गरिने ।

८.(राजधानीको थाकथलो)
स्थायी राजधानीको लागि लुम्बिनी प्रदेश सरकारद्वारा दाङको देउखुरीमा जग्गा प्राप्तिको प्रक्रिया सुरु /राप्ती प्राविधिक शिक्षालयमा रहेको १७ बिगाह १९ कट्ठा जमिन प्रदेश सरकारले उपयोगका लागि केन्द्र सरकारसँग माग गर्ने ।

९.(बुद्ध हाम्रा हुन !)
संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत विवरण सच्याइयो/समाजसेवी ज्ञानल थापाको पहलमा राज्य शिक्षा विभाग त्रुटि सच्याउन तयार ।

१०.(काम देखियोस्)
हुम्लाको सिमिकोट विमानस्थलको महत्व सोलुखुम्बुको लुक्ला जत्तिकै भएको पर्यटनमन्त्री योगेश भट्टराईको भनाई /सिमिकोट विमानस्थललाई पर्यटकीय हबको रुपमा विकास गर्ने भट्टराईको प्रतिवद्धता ।

११.(कोरलामा नयाँ नाका)
मुस्ताङको कोरलामा सुख्खा बन्दरगाह निर्माण गर्न सरकारले थाल्यो अध्ययन /चीनसँगको तेस्रो नाकाबाट दुई देशीय व्यापार अभिवृद्धि गर्न कोरला पासको अध्ययन सुरु भएको इन्टरमोडल यातायात विकास समितिको भनाई ।

१२.(नयाँ जोश नमरोस्)
निर्यात व्यवसायलाई अर्थतन्त्रको इन्जिनको रुपमा विकास गर्नेगरी आफ्नो दृष्टिकोण तयार गर्ने नेपाल उद्योग वाणिज्य महासंघको भनाई /निर्यातजन्य उद्योग व्यवसायको कस्ट अफ फण्ड घटाउन महासंघले सरकारसँग पहल गर्ने ।

१३.(फुटवलमा धक्का)
न्यूनतम मापदण्ड नपुगेको भन्दै नेपालका फुटबल क्लबलाई एसियाली फुटबल महासंघ (एएफसी) का प्रतियोगिता खेल्न क्लब लाइसेन्स दिन अस्वीकार/एन्फाले दुई वर्षका लागि मापदण्ड पूरा गर्ने समय दिन एएफसीसँग अनुरोध गर्न सक्ने ।

१४.(चर्चा खोपको)
उत्तर कोरियाली नेता किम जोङ उनले चीनले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप लगाएको अमेरिकी विज्ञको दाबी/कोभिड खोप विकास गरेको अमेरिकी कम्पनी मोडर्नाले माग्यो अमेरिका र युरोपमा खोपको प्रयोगका लागि अनुमति ।

र,

१५.(आजको विश्व)
विश्वव्यापी महामारीका कारण हालसम्म विश्व १४ लाख ७६ हजार बढी संक्रमितको मृत्यु /६ करोड ३६ लाख बढीमा संक्रमण पुष्टि हुँदा ४ करोड ४० लाख बढी उपचारपछि निको भए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top