फुटबल टिमकी कप्तान रेनुका विवाह बन्धनमा

१६ मंसिर ७७, बुधबार

१६ मंसिर, काठमाडौं ।

राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका नगरकोटी विवाह बन्धनमा बाधिएकी छन् ।

रौतहट चन्द्रनिगापुरकी रेनुकाले जनकपुर शिवबानीका अभिषेक लामासँग मंगलबार विवाह गरेकी हुन् । उनीहरुबीच ७ वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको छ ।

राष्ट्रिय टिमको कप्तानीसमेत गरिसकेकी रेनुका मिडफिल्डर हुन् । गत वर्ष मंसिरमा पोखरामा भएको १३औं सागमा नेपालको महिला टिमले रजत पदक जित्दा रेनुका टिमकी सदस्य थिइन् ।

रेनुकाले भारतमा सन् २०१६ मा भएको चौथो महिला साफच्याम्पियनसिपमा नेपालको कप्तानी गरेकी थिइन् । यस्तै २०१९ मा नेपालको विराटनगरमा भएको पाँचौँ महिला साफ च्याम्पियनसिपमा नेपाल उपविजेता हुँदा उनी टिममा थिइन् । रेनुका एपिएफकी महत्वपूर्ण सदस्य हुन् ।

रेनुकाको विवाहमा सरिक हुन राष्ट्रिय टोली र एपिएफका सावित्रा भण्डारी, अनिता बस्नेत, हिरा भुजेल, निशा थोकर, रविना गोले, अनिता केसी, रुपा रानामगर, गिता राना, अन्जना राना मगर, अन्जली अन्जन, अनु लामा, मनिषा चौधरीलगायतका खेलाडी रौतहत पुगेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top