एउटा ट्वीटका कारण अस्ट्रेलिया र चीनबीच चर्काचर्की

१७ मंसिर ७७, बुधबार

१७ मंसिर, एजेन्सी ।
अस्ट्रेलियाले चिनियाँ कूटनीतिज्ञले फर्जी र घृणायुक्त ट्वीट गरेकोबारे माफी माग गरेपनि चीनले त्यसो गर्न अस्वीकार गरेको छ।

Advertisement

चीनले अस्ट्रेलियाले उसका सेनाले अफगानिस्तानमा गरेका युद्ध अपराधबाट सार्वजनिक ध्यान अन्यत्र मोड्न खोजेको आरोप लगाएको छ। अस्ट्रेलियाली सैनिकले अफगान बालकको हत्या गरिरहेको फर्जी तस्बिर शेअर गरेको भन्दै क्यानबेराले बेइजिङ्सँग माफी माग्न भनेको थियो।

तर बेइजिङ्ले अस्ट्रेलियाले द्विपक्षीय सम्बन्ध बिग्रिएकोमा चीनमाथि दोष लगाउन खोजेको आरोप लगाएको छ। पछिल्ला दिनहरूमा दुई देशबीच सम्बन्ध अत्यन्तै बिग्रिएको छ। गत महिना अस्ट्रेलियाका सेनाबाट भएका भनिएका युद्ध अपराधका घटनाबारे प्रतिवेदन सार्वजनिक भएको थियो।

Advertisement

अस्ट्रेलियन डिफेन्स फोर्सले सन् २००९ र २०१३ का बीचमा २५ जना अस्ट्रेलियाली सैनिक ३९ जना अफगान गैरसैनिक तथा बन्दीको हत्यामा संलग्न भएको विश्वसनीय विवरण प्राप्त भएको जनाएको थियो।

सोमवार चीनले त्यसका लागि अस्ट्रेलियाको निन्दा गरेको थियो। तर लगत्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले शेअर गरेको फर्जी तस्बिरले भने क्यानबेरा तथा अन्यत्र तीखो प्रतिक्रिया उब्जाएको छ।

Advertisement

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले त्यस्तो घृणित तस्बिर शेअर गर्न बेइजिङ्ले लाज मान्नुपर्ने बताउँदै माफीको माग गरेका थिए। अस्ट्रेलियाको छिमेकी न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिण्डा आर्डर्नले पनि सो ट्वीटको विषयलाई लिएर बेइजिङ्समक्ष चिन्ता जनाएको बताएकी छन्।

तर प्रतिक्रियामा अस्ट्रेलियास्थित चिनियाँ दूतावासले मङ्गलवार मरिसनको टिप्पणीको निन्दा गरेको छ। ती आरोपको दुईवटा उद्देश्य छन्। एउटा निश्चित अस्ट्रेलियाली सैनिकले गरेका डरलाग्दा ज्यादतीबाट मानिसहरूको ध्यान अन्यत्र मोड्नु अनि अर्को चाहिँ बिग्रँदो सम्बन्धको दोष चीनमाथि लगाउनु।

घरेलु राष्ट्रवादको मलजल गर्ने अर्को प्रयत्न पनि हुनसक्छ, दूतावासको विज्ञप्तिमा उल्लेख छ। हाम्रो सुझाव छ अस्ट्रेलियाले आफ्नो सेनाले अफगानिस्तानमा गरेको अपराधलाई बोध गरेर दोषीलाई जबाफदेही बनाउँदै पीडितलाई न्याय दिलाओस्।

यो वर्ष दुई देशबीचको सम्बन्धमा गम्भीर तनाव उत्पन्न भएका छन्। क्यानबेराले कोभिड १९ महामारीको स्रोतबारे छानबिनको माग गरेपछि सम्बन्धमा तनाव सुरु भएको थियो।

केही महिना अगाडि अस्ट्रेलियाली सञ्चारमाध्यमका चीनस्थित बाँकी दुईजना पत्रकारलाई कूटनीतिज्ञहरूको सुझावमा स्वादेश फिर्ता लगिएको थियो। हालसालै दुईजना अस्ट्रेलियाली प्राज्ञलाई चीन प्रवेशको अनुमति दिइएन।

अस्ट्रेलियाको मामिलामा चीनको आरोपित हस्तक्षेपका चर्चा चलेका छन् भने दुई देशबीच व्यापारमा धेरै तनाव बढेको छ। चीनले अस्ट्रेलियाका सामानमा कर बढाइदिएको छ।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top