फाइजर बायोएनटेकले बनाएको कोरोना खोप प्रयोग गर्न बेलायतले दियो अनुमति

१७ मंसिर, एजेन्सी । बेलायतले फाइजर बायोएनटेक कम्पनीले बनाएको कोरोनाविरूद्धको खोप प्रयोग गर्न अनुमति दिएको छ । योसँगै उक्त खोपलाई आम प्रयोगका लागि अनुमति दिने बेलायत पहिलो राष्ट्र बनेको छ ।

Advertisement

बुधबार मेडिसिन एन्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए)ले कोरोनाविरूद्ध ९५ प्रतिशत प्रभावकारी भएको र प्रयोग गर्न अनुमति दिएको हो।

उच्च जोखिममा रहेका समुहहरूलाई खोप दिने काम केही दिनमा सुरू गरिने बिबिसीले जनाएको छ।

Advertisement

बेलायत सरकारले खोपको ४ करोड डोज अर्डर गरेको छ । दुई डोज लगाउनु पर्ने उक्त खोप २ करोड बेलायतीलाई पुग्नेछ ।

सुरूवाती केही दिनमा १ करोड डोज छिट्टै उपलब्ध हुनेछ । फाइजरले अहिलेसम्मकै छोटो समयमा खोप बनाएको हो। यसले १० महिनामा खोप तयार पारेको हो। यसअघि खोप बनाउन वर्षौं लाग्ने गर्थ्यो।

Advertisement

खोप प्रयोग गर्न दिइने भएपनि मानिसहरूले कोरोनाभाइरसबाट जोगिन हुन जरूरी छ । त्यसको लागि भौतिक दूरी कायम राख्ने, मास्क लगाउनु पर्ने विज्ञहरूले बताएका छन्।

फाइजरले अमेरिका र युरोपियन युनियनका अरू मुलुकमा पनि अनुमतिका लागि निवेदन दिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top