×

NEPAL TIMES UPDATES

Playing
लामिछानेको मुद्दामा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ मा, सोही दिन फैसला || Nepal Times
Mar 17, 2026
Playing
अली लारीजानीसहित कयौं इरानी शीर्ष नेता मारिए?’समुन्द्री दैत्य’ ज ल्यो || Nepal Times
Mar 17, 2026
Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026
Playing
बालेन सरकारले के गर्नुपर्छ ? के गर्नुहुँदैन ?केही हुन्छ भन्ने पुनर्जन्म || Nepal Times
Mar 17, 2026
Playing
खाडीमा नेपाली,कस्तो छ सरकारको उद्धारको तयारी ? || Nepal Times
Mar 17, 2026
Playing
जतिसुकै आ*क्र*मण गरेपनि Iranको सत्ता नढल्ने अमेरिकी गुप्तचरको निष्कर्ष || Nepal Times
Mar 17, 2026
Playing
World News: १३ अमेरिकी सैनिकको मृ*त्यु, पोर्चुगलमा २५ सय नेपाली कानुनी झंझटमा || Nepal Times
Mar 17, 2026
Playing
७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी || Nepal Times
Mar 17, 2026
Playing
इरानले अमेरिकासंग ब्याक च्यानल कुरा गरेको झुटो || Nepal Times
Mar 17, 2026
Playing
BALEN असफल भए भने के हुन्छ ? || Nepal Times
Mar 17, 2026

चीनको चांग ई–फाइभ यानले पठायो चन्द्रमाको रंगीन तस्बिर

१८ मंसिर २०७७

१८ मंसिर, एजेन्सी ।
चीनको चांग ई–फाइभ मून मिसनले चन्द्रमाको सतहको पहिलो रंगीन तस्बिर पठाएको छ ।

चीनको यो मून ल्यान्डरले चन्द्रमाको सतहमा आफ्नो खुट्टा नजिकैदेखि क्षितिजसम्मको तस्बिर खिचेको हो । चन्द्रमाबाट माटो र ढुङ्गाका नमूना पृथ्वीमा पठाउनका लागि तयार पारिएको यो मिशनले मंगलबार सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको थियो ।

Advertisement

अवतरण गरेलगत्तै यसले चन्द्रमाको सतहबाट नमूना संकलन गर्ने काम सुरु गरेको छ । यसलाई रिटर्न मोड्युलसम्म पुर्याउने सुरुवात बिहिबारदेखि गर्न सकिनेछ ।

यो काम केही दिनसम्म मात्रै गर्न सकिनेछ । त्यसपछि नमूनालाई चन्द्रमाको कक्षमा पहिलेदेखि नै रहेको सर्विस ह्विकल र रिटर्न मोड्युलसम्म पुर्याइनेछ जसले यसलाई धर्तीमा फिर्ता पठाउनेछ ।

योजनाका अनुसार रिर्टन मोड्युल मंगोलियाको भित्री इलाकामा सिजिवांगको घाँसे मैदानमा ल्याण्ड गर्न सक्छ । चांग ई–फाइभ मिशनअघि चीनले थप दुई मून मिसन पठाएको थियो, सन् २०१३ मा चांग ई–थ्री र सन् २०१९ मा चांग ई–फोर मून मिशन ।

यी दुबैमा एक ल्याण्डरका साथै एउटा सानो मून रोभर समावेश गरिएको थियो । यी दुईको तुलनामा चांग ई–फाइभ जटिल मिशन हो । ८.२ टनको चांग ई–फाइभलाई एक अन्तरिक्षयानमार्फत् २४ नोभेम्बरमा दक्षिणी चीनको वेनचांग स्टेशनबाट छोडिएको थियो ।

केही दिन अघि यो मिशन चन्द्रमामाथि पुग्यो र यसले आफूलाई चन्द्रमाको कक्षमा स्थापित गर्यो र चन्द्रमाको फन्को लगाउन थाल्यो । पछि यो दुई टुक्रामा बाँडियो – पहिलो सर्भिस ह्विकल र रिटर्न मोड्युल जुन चन्द्रमाको कक्षमा नै रोकिइरह्यो र दोस्रो मून ल्याण्डर जुन बिस्तारै चन्द्रमाको सतहतर्फ बढ्न थाल्यो ।

मून ल्याण्डर चन्द्रमाको सतहमा मुन्स रुमकेरमा उतारियो जुन चन्द्रमाको ज्वालामुखीयुक्त पहाड नजिकैको एक स्थान हो । चन्द्रमाको सतहबाट माटो र ढुङ्गा जम्मा गर्नका लागि पठाइएको चांग ई–फाइभ मून ल्याण्डरमा क्यामरा, रडार, एउटा ड्रिल र स्पेक्ट्रोमिटर फिट गरिएको छ ।

यी सबैको प्रयोग गरेर यसले चन्द्रमाको सतहबाट माटोको उत्कृष्ट नमूना जम्मा गर्नेछ । चांग ई–फाइभभन्दा अघि ४४ वर्ष अघिदेखि अहिलेसम्म मून मिशनको क्रममा अमेरिकी अपोलो अंतरिक्षयानबाट चन्द्रमामा गएका अंतरिक्षयात्री र सोभियत रुसको रोबोटिक लूना कार्यक्रमले चन्द्रमाको सतहभन्दा करिब ४ सय किलोमिटर भित्रसम्मको माटो र ढुङ्गा संकलन गरेका छन् तर तमिध्ये धेरै मिसनमा अंतरिक्षयात्री समावेश थिए ।

चन्द्रमाबाट ल्याइएका सबै नमूना करिब तीन अर्ब वर्ष पुराना हुन् । मून्स रुमकेरबाट ल्याइएको नमूनाको उमेर १.२ देखि १.३ अर्ब वर्षको हुने अनुमान गरिएको छ । अर्थात् ती पहिला ल्याइएका नमूनाभन्दा नयाँ हुने अपेक्षा गरिएको छ । जानकारका अनुसार यसले चन्द्रमाको भूवैज्ञानिक इतिहासबारे थप जानकारी पाउन सकिनेछ ।(बीबीसी)

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top