प्रहरीको कुटाइले हिजोभन्दा आज करङ बढी दुखेको छः रामचन्द्र पौडेल

१८ मंसिर ७७, बिहीबार
Share this
748shares

१८ मंसिर, विराटनगर ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात दशको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न नसकेको बताएका छन्।

Advertisement

वरिष्ठ नेता पौडेलले सामाजिक सञ्जालमार्फत सो कुरा बताउँदै असली गणतन्त्र साकार नहुनेमा चिन्ता व्‍यक्त गरेका हुन। उनले भनेका छन्, ‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन। असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ।’

यसका साथै प्रहरीको कुटाइबाट हिजोभन्दा आज करङ बढी दुखेको वरिष्ठ नेता पौडेलले बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ।’

Advertisement

गृहजिल्ला तनहुँमा पुल उद्घाटनका लागि पुगेका पौडेललाई कार्यक्रम स्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको थयो। उक्त घटनाको चौतर्फी विरोध भएपछि प्रहरीले पौडेललाई बुधबार साँझ छाडेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top