×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

पुलमाथिको फोहोरी राजनीति

१८ मंसिर २०७७

१८ मंसिर, तनहुँ । तनहुँको ब्यास नगरपालिकामा मानव निर्मित पुल उद्घाटनका लागि कांग्रेस वरिष्ठ नेता रामच्रन्द्र पौडेल बुधबार दिउँसो गएका थिए । तर उद्घाटन कार्यक्रमको विषयलाई लिएर नेकपाका कार्यकर्ताहरुले अवरोध गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा नै जारी गर्याे । तर, पौडेलले सत्ताको दुरुपयोग गर्दै कार्यक्रम बिथोल्ने प्रयास भएको भन्दै निषेधाज्ञा खारेज गर्ने घोषणा गर्दे कार्यकर्तासहित पुल उद्घाटनका लागि जाँदै गर्दा उनलाई प्रहरीले ३ घण्टा नियन्त्रणमा लियो । पुल कसले बनायो कसले जस लिन लाग्यो ? यही स्वार्थीपनाले एकाएक राजनीति तरङिगत भयो । पुल उद्घाटन भित्रको फोहोरी राजनीतिको पर्दाफास भयो ।

Advertisement

निर्माण सम्पन्न भएर २ वर्षभन्दा बढि समयदेखि प्रयोग गर्न थालिएको ४५ मिटरको पुल उद्घाटन गर्ने निहुँमा अहिले नेपालका सत्तापक्ष र प्रतिपक्षबीच द्वन्द्व देखिएको छ । नेपाली राजनीतिमा पक्षपोषण र विरोधका लागि ठूलो विषय नै नचाहिने संस्कार त छ नै तर पुल उद्घाटन गर्ने विषयले यति ठूलो चर्चा पाएको भने पहिलो पटक नै हो । पुल उद्घाटन गर्न तनहुँ पुगेका आफ्ना नेतालाई प्रहरीले पक्राउ गरेको विषयलाई प्रतिपक्ष नेपाली कांग्रेसले सरकारको प्रवृत्तिको रुपमा हेरेको छ भने तनहुँ प्रशासनले निषेधाज्ञा तोडेकोमा पक्राउ गरिएको भनेर स्वभाविक प्रतिक्रिया जनाएको छ । घटना सामान्य हो, तनहुँ सदरमुकाम आडैको व्यास १, १० र ११ जोड्ने तालघारी–दुम्सीचौर पोख्रेलफाँट मोटरमार्ग अन्तर्गतको बुल्दी खोलामा २०७३ वैशाखमा काम सुरु भएर २०७५ कात्तिकमा दुई करोड ५४ लाख रुपैयाँ लागतमा ४५.६ मिटर लामो पुल निर्माण सम्पन्न भयो । निर्माण सम्पन्न भएको २ वर्षसम्म पनि औपचारिक कार्यक्रम गरेर उद्घाटन नगरेपनि आउजाउमा सहजताका लागि बनाइएको पुल प्रयोग गर्न पाएर स्थानीय खुशी थिए । तर एकाएक राजनीतिक विवादको विषय बन्यो । कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलबाट पुलको उद्घाटन गर्न चाहन्थ्यो भने नेकपाले संघीय सांसद कृष्णकुमार श्रेष्ठ श्रेष्ठबाट । कांग्रेसको नेतृत्व रहेको व्यास नगरपालिकाले पुल उद्घाटनको कार्यक्रम राखेपछि नेकपा निकट युवा संघ सडकमै उत्रियो । आफनो सरकार छ अनि बनेको पुल उद्घाटनमा चाँही प्रतिपक्षदलका नेतालाई बोलाउने यही अहमता सायद देखिएको हुन सक्छ युवाहरुमा । दुबै पक्षबीच झडपकै अवस्था सिर्जना भएपछि प्रशासनले निषेधाज्ञा जारी गर्यो । निषेधाज्ञा अवज्ञा गर्दै पौडेलकै नेतृत्वमा जुलुससहित पुल उद्घाटन कार्यक्रम हुन खोजेपछि प्रहरीले पौडेलसहित केहीलाई पक्राउ परी ३ घन्टापछि छाड्यो । स्थानीय स्तरमा यस्त घटना विगतमा पनि नभएका होइनन् तर तीन घण्टासम्म कुनैपनि शीर्ष नेताहरुलाई प्रहरी नियन्त्रणमा रहनु परेको थिएन । पौडेल पक्राउ परेको विषयलाई कांग्रेसले सरकारको प्रवृत्तीमाथि प्रश्न उठाइरहँदा जनता भने राजनीतिक दलको गैरराजनीतिक र मर्यादा विपरितको हर्कतमाथि प्रश्न उठाइरहेका छन् । आम जनताको प्रश्न कानूनको पालना र कानूनको कार्यान्वयनमै केन्द्रित छ । गर्नुपर्ने ठाँउमा कानूनको कार्यान्वयन नभएर जनता पीडित छन भने मान्दिनु पर्नेले कानून नमानिदिएपछि पनि जनता पीडित छन । जनताको सहजताका लागि निर्माण गरिएको पुल जनताले प्रयोग गरिरहँदा उद्घाटन गर्ने र जस लिने लोभका कारण दुबै राजनीतिक दलको चरित्र माथि प्रश्न उठेको छ । यहाँ कोही पनि पानीमाथि ओभाने देखिने स्थिती रहेको छैन । जे नहुनु पर्ने थियो त्यही भयो ४५.६ मिटर पुलमाथि फोहोरी राजनीति भयो । सामान्य निहुँमा विवाद खडा गर्ने र आन्दोलन गर्ने अवसरका रुपमा लिने दुवै राजनीतिक दलको यस्तो व्यवहार कसका लागि, के का लागि ?

Advertisement
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top