भक्तपुर–नगरकोट सडक निर्माणले गति लियो

१८ मंसिर ७७, शुक्रबार

१८ मंसिर, काठमाडौं ।

लामो समयदेखि अवरुद्ध भक्तपुर–नगरकोट सडक निर्माणले पछिल्लो समय गति लिएको छ । सो सडक चालू आवभित्रै सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ । विसं २०७०/७१ मा सो सडक निर्माणको ठेक्का सम्झौता भएको थियो । लामो समयसम्म अवरुद्ध सो सडक निर्माणले पछिल्लो समय गति लिएको हो ।

१५ किमी सडकमध्ये सात किमी सडकको निर्माण सम्पन्न भएको र एक किमी सडक सम्पन्न हुने क्रममा रहेको भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । उनका अनुसार बाँकी सात किमी सडकको पनि कालोपत्र गर्ने तयारी भएको छ । उनले भने, “निर्माण व्यवसायी साइडमै काम भएकाले धमाधम काम भइरहेको छ ।”

Advertisement

आगामी पुससम्म सक्ने गरी पछिल्लो पटक अवधि थप भएको थियो । कोभिड–१९ का कारण निर्माण कार्य हुन सकेको थिएन । निर्माण कार्यमा बाधा पुगेकाले ठेक्का सम्झौता छ महिना थप्ने निर्णय सरकारले गरेको थियो । अहिलेको गतिमा काम हुँदा छ महिना पनि लाग्दैन । उनले भने, “छ महिना थप हँदा असारसम्मको अवधि हुन्छ तर काम त्योभन्दा पहिले नै सकिने देखिन्छ ।”

नगरकोटको माथिल्लो क्षेत्रमा चिसोका कारण काम गर्न कठीनाइ भएकाले अहिले तल्लो क्षेत्रमा निर्माण भइरहेको प्रमुख प्रजापतिले जानकारी दिए । जाडो केही कम भएपछि मात्रै नगरकोट क्षेत्रमा निर्माणको काम हुनेछ । अहिले खरिपाटी चौकी क्षेत्रमा काम भइरहेको छ । उनले भने, “दक्षिणतर्फ फर्किएको स्थानमा काम भइरहेकाले काम गर्न सजिलो भएको छ ।”

Advertisement

सो सडकको चौडाइ जम्मा आठ किमी रहेको छ । सात किमी सडकमा कालोपत्र गरिने र एक किमीमा पानी बग्ने गरी पूर्वाधार निर्माण भएको आयोजना प्रमुख प्रजापतिले बताए । सडकको अधिकार क्षेत्र (राइट अफ वो) मा रहेका संरचना हटाउन समस्या हुँदा पनि विगतमा निर्माणमा बाधा पुगेको उनको भनाइ छ ।

वन क्षेत्रमा रुख कटानका लागि सरोकारवाला निकायसँगको समन्वयमा समस्या देखिएको थियो । पछिल्लो समयमा यो समस्या समाधान भइसकेको छ । उनले भने, “निर्माणस्थल खाली भइसकेकाले अव कालोपत्र मात्रै गर्नुपर्ने हो ।” सात वर्ष पहिले निर्माण शुरु भएको सो सडक समयमा नसकिएपछि चार पटकसम्म अवधि थप भइसकेको छ ।

पछिल्लो पटक सरकारले सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधनअनुसार गत वर्ष एक वर्षका लागि अवधि थपेको थियो । कोभिडका कारण निर्माण हुन नसकेको भन्दै निर्माण व्यवसायीले निवेदन दिएकोमा अहिले थप हुँदा पाँच पटक अवधि थप हुनेछ । सडक विभागले अरु कारणले काममा बाधा पुगे पनि निर्माण व्यावसायीकै लापरवाहीका कारण ढिलाइ भएमा जरिवाना गराउने प्रावधान छ । सोही व्यवस्थाका आधारमा निर्माण कम्पनीलाई रु तीन करोड ५० लाख जरिवाना गरिएको प्रमुख प्रजापतिले बताए । उनले भने, “रकम असुली पनि भइसकेको छ ।”

सो सडक जम्मा रु ३५ करोडमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । अहिलेसम्म रु आठ करोड भुक्तानी भइसकेको र बाँकी सात करोड पनि काम भएपछि भुक्तानी गर्ने तयारीमा रहेको उनले बताए । भारतको एक्जिम बैंक र सैलुङ निर्माण कम्पनीले सडक निर्माणको काम गरिरहेका छन् । निर्माण शुरु भएको लामो समयसम्म पनि सम्पन्न नहुँदा स्थानीयवासीसँगै नगरकोट घुम्न पुग्ने पर्यटकले समेत कष्ठकर यात्रा गर्नुपरेको थियो ।

भक्तपुर–नगरकोट सडकखण्ड अस्तव्यस्त बन्दै गएपछि सडकमा ग्राभेल उम्किँदै गएपछि खाल्डाखुल्डी बढ्दै गएको स्थानीयवासीको भनाइ छ । उकालो सडकमा खाल्डाखुल्डी हुँदा सडक दुर्घटनाको जोखिम पनि उच्च रहेको उनीहरुको भनाइ छ । सडकमा ढिलाइ भएको भन्दै स्थानीयवासीले पटक–पटक विरोध पनि गरेका थिए ।–सञ्चिता घिमिरे/रासस

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top