दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(भई छाड्यो उद्घाटन)
विवादका बीच नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा तनहुँमा पुल उद्घाटन /पौडेलमाथि बुधबार अभद्र व्यवहार भएको भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न कांग्रेसको माग ।

२.(कस्तो होला सम्बोधन ?)
कोभिड १९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै/आज र भोलि हुने ३१ औं विशेष महासभाको प्रोटोकल अनुसार प्रधानमन्त्री ओलीको अडियो र भिडियो रेकर्ड गरेर पठाइसकिएको परराष्ट्र मन्त्रालयको भनाई ।

३.(त्यस्तै हो त ?)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका लागि नबनेको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको भनाई /नेकपालाई आफूहरूले फुट्न नदिने दृढता /तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको उल्लेख ।

४.(नेपालमा संक्रमण)
पछिल्लो २४ घण्टामा नेपालमा २१ सय ११ जना कोरोना संक्रमणमुक्त/१३ सय ४३ संक्रमित थपिदा आइसोलेसनमा रहनेको सख्या १५ हजार ७ सय ६६ पुग्यो/ आजसम्म १ हजार ५ सय ५१ संक्रमितको मृत्यु ।

५.(भनेको नमानेपछि)
कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयद्वारा अब ३ दिनभित्रै रकम भुक्तानी गरी सो जानकारी पठाउन पुनः निर्देशन /अझै १३ हजार भन्दा बढिको कोरोना बिमाको रकम भुक्तानी हुन बाँकी ।

६.(एकतामा अड्को)
विवेकशील नेपाली दलकी केन्द्रीय उपाध्यक्ष अजिता राईसहित १३ नेता साझा पार्टीसँगको एकतामा सहभागी नहुने/विवेकशील र साझाबीच भएका राजनीतिक मतभिन्नताका विषयहरूलाई नटुंग्याइकन एकीकरण गर्न उचित नहुने उल्लेख ।

७.(सरकारविरुद्ध मन्त्री )
संघीय सरकारले अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलद्वारा सर्वोच्च अदालतमा रिट दर्ता /रिटको सुनुवाईका लागि मंसिर २६ गते पेशी तोकियो ।

८.(चौरसियाका मतियार)
नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्या अभियोगमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान / पर्सा जिल्ला अदालतमा थुनछेक बहसपछि दुई जनालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश /एक नाबालक साधारण तारेखमा रिहा ।

९.(सीमा विवाद सुल्झियोस्)
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिट्टै गर्ने भारत भ्रमणको क्रममा सीमा विवादको विषयलाई नेपालले प्राथमिकताका साथ उठाउने /ज्ञवाली औपचारिक भ्रमणका लागि डिसेम्बर दोस्रो साता भारत भ्रमणमा जाने तयारीमा ।

१०.(सकियो त समस्या ?)
नेपाल र भारतबीच बिगतमा केही समस्या रहे पनि अहिले दुवै मुलुकले आपसी सम्बन्धलाई अगाडि बढाउने निर्णय गरिसकेको भारतीय विदेशमन्त्री एस जयशंकरको दाबी /नेपालसँगको भारतको समस्या विश्वका जुनसुकै दुई छिमेकीबीच हुनेजस्तो रहेको उल्लेख ।

११.(गाँजाको वैज्ञानिकता)
नेपालमा गाँजा खेतीका लागि कानुनी बाटो खुल्यो /संयुक्त राष्ट्रसंघको कमिसन अन नार्कोटिक ड्रगमा सचिवालयमा सदस्यका रुपमा नेपालले पनि गाँजा खेती खुलाउने पक्षमा मतदान /अब गाँजालाई वैधानिकता दिने जिम्मेवारी नेपाल सरकारको काँधमा ।

१२.(रंगशालामा लाइट)
सहिद रंगशाला विराटनगरमा फ्लड लाइट जडानको काम सुरु /संरचना निर्माणमा जोड दिदैं रंगशालाको पूराना संरचना सुधार र मर्मत गर्दै सुविधा सम्पन्न बनाइने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको भनाई ।

१३.(दोधारमा नेपाल)
२१ औं एसियाली खेलकुद आयोजना गर्नका लागि कतार ओलम्पिक कमिटीले माग्यो नेपालको समर्थन /ओसीए महासभामा खेलकुद आयोजनाका लागि नेपालसँगै ४५ देशहरुले मतदान गर्ने/एसियन खेलकुद आयोजनाका लागि कतार र साउदी अगाडि ।

१४.(कहिले हुन्छ त ?)
पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने/भौतिक पूर्वाधारहरु तयार भएपनि कोरोना संक्रमणको जोखिमका कारण खेल स्थगित गरिएको राखेपको भनाई ।

र,

१५.(आजको कहर)
विश्वभरमा हालसम्म ६ करोड ४९ लाख बढीमा कोरोना संक्रमण पुष्टि हुँदा मृतकको संख्या १५ लाख नाघ्यो /४ करोड ५० लाख बढी संक्रमण मुक्त भई डिस्चार्ज ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.