१५ वर्षीया गीताञ्जली राव टाइम म्यागजिनकी पहिलो ‘किड अफ द इयर’

Share this
711shares

१९ मंसिर, एजेन्सी । १५ वर्षीया वैज्ञानिक र आविष्कारिक टाइम म्यागजिनको पहिलो ’किड अफ द इयर’ बनेकी छन्।

Advertisement

कोलोराडो राज्यको डेनभरकी १५ वर्षीया गीताञ्जली रावलाई टाइम म्यागजिनले यसै वर्षदेखि सुरू भएको ’किड अफ द इयर’ बनाएको हो।

गीताञ्जलीले पिउने पानीमा भएको रासायनिक तत्व ’लिड’ पत्ता लगाउने डिभाइस बनाएकी थिइन्। त्यस्तै उनले एप तथा साइबर बुलिङ अर्थात् अनलाइनमा हुने दुर्व्यवहार पत्ता लगाउने सफ्टवेयर समेत बनाएकी छन्।

Advertisement

यस क्षेत्रका मनोनित भएका ५ हजारमध्ये उनी अन्तिम पाँचमा पुगेकी थिइन्।

हास्य कलाकार तथा टेलिभिजन प्रस्तोता ट्रेभर नोआ रहेको कमिटीले अन्तिम पाँच जनाबाट गीताञ्जलीलाई किड अफ द इयर छानेको हो।

Advertisement

नोआको द डेली सो कार्यक्रममा गीताञ्जलीसहित अन्तिम पाँचमा पुगेका सबै जनालाई अर्को शुक्रबार सम्मानित गरिने जनाइएको छ।

’म अरू वैज्ञानिकजस्तो देखिन्नँ। टिभीमा देखिने वैज्ञानिक बुढा र गोरा मान्छे हुन्छन्,’ हलिउडकी नायिका एन्जिलिना जोलीसँगको अन्तर्वार्तामा गीताञ्जलीले भनेकी थिइन्,’मेरो उद्देश्य आफूले बनाएका डिभाइसबाट विश्वका समस्याको समाधान गर्नेमात्रै होइन, अरूलाई पनि त्यसैगरी काम गर्ने प्रेरणा दिनु हो।’

उनले थपिन्,’त्यसैले म सन्देश दिन चाहन्छु( यदि म सक्छु भने जो कोहीले पनि गर्न सक्छ।’

टाइम्स म्यागजिनले सन् १९२७ देखि ’म्यान अफ द इयर’ घोषणा गर्दै आएको छ। पछि त्यसलाई ’पर्सन अफ द इयर’मा परिवर्तन गरिएको थियो।

गत वर्ष जलवायु अभियान्ता ग्रेटा थुनबर्ग सबैभन्दा कम उमेरमा ’पर्सन अफ द इयर’ बनेकी थिइन्। त्यत्तिबेला उनी १६ वर्षकी थिइन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top