×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

तनहुँ दूध, अण्डा र मासुमा आत्मनिर्भर

१९ मंसिर २०७७

१९ मंसिर, तनहुँ ।

जिल्लामा मासु उत्पादन वर्षेनी बढ्दै गएको छ । गत आर्थिक वर्षमा चार हजार ५७५ मेट्रिक टन मासु उत्पादन भएकामा यस वर्ष चार हजार ६९४ मेट्रिक टन मासु उत्पादन भएको छ । गत वर्षका तुलनामा यस वर्ष ११९ मेट्रिक टन बढी मासु उत्पादन भएको भेटेनरी अस्पताल तथा पशुुसेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । वार्षिक चार हजार ५२६ दशमलव ३८ मेट्रिक टन आवश्यक पर्ने जिल्ला उत्पादन वृद्धि भएपछि मासुमा आत्मनिर्भर बनेको छ ।

दूध र अण्डामा आत्मनिर्भर बनेर अन्य जिल्लामा निर्यात गर्न थालेको तनहुँ पछिल्लो समय मासुमा समेत आत्मनिर्भर बनी निर्यातसमेत गर्न थालेको छ । कृषकको आकर्षण माछामासु र पशुपक्षीपालनतर्फ बढेसँगै माछामासुमा जिल्ला सक्षम बन्न सकेको छ ।

केही समय पहिलासम्म माग पूरा गर्न नसक्दा व्यवसायीले छिमेकी राष्ट्रबाट खसीबोका ल्याउने गरे पनि अहिले उत्पादन बढेपछि आयात प्रायःशून्य भएको केन्द्रका सूचना अधिकारी डा.शर्मिला कुमालले बताए । विदेश गएर फर्किएका युवा, सेवा निवृत्त सुरक्षाकर्मी तथा शिक्षक एवं कर्मचारीको पनि पशुपालनमा रुचि बढ्न थालेपछि मासु उत्पादनमा वृद्धि हुँदै गएको छ । कोभिड–१९ का कारण सरकारले केही महिना यत्रतत्र हिँड्डुल गर्न प्रतिबन्ध लगाएपछि फुर्सदका समयमा कतिपय मानिसले पशुपालन र तरकारी खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।

नश्ल सुधार गरी उन्नत पशुपालनलाई प्रोत्साहन, उन्नतजातको घाँस खेतीमा विस्तार, व्यावसायिक फार्मको विस्तार, सहकार्यमा अनुदान वितरण जस्ता कार्यक्रम सञ्चालनमा आएपछि पशुपालनतर्फ कृषकको आकर्षण बढेको कार्यालयका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए ।

पशुपालनमा व्यावसायिक कृषक बढेकाले खसी, बोका, राँगा खरीद गर्न सजिलो भएको दमौलीका मासु व्यवसायी बताउँछन् । गाउँबाट कृषकले बजारमा ल्याएर खसीबोका, कुखुरा, माछा,राँगोलगायत पशुपक्षी बिक्रीका लागि ल्याउन थालेपछि अन्य मुलुकको मुख ताक्न नपरेको झलक मासु पसलका सञ्चालक झलकबहादुर आले बताउँछन् । “पहिला पहिला मासुका लागि गाउँगाउँ घुम्नुपथ्र्यो” उनले भने, “अहिले त बिक्रीका लागि बिक्रेता पसलपसलमा आउन थालेपछि सहज भएको छ ।”

मासु प्रतिव्यक्ति प्रतिवर्ष १३ किलो आवश्यक पर्छ । उत्पादन भने १४ दशमल ६२ किलो रहेको कार्यालय प्रमुख डा.श्रेष्ठले बताए । तनहुँ मासुमा आत्मनिर्भर भइसकेकाले अब अन्य जिल्लामा निर्यात गर्ने उद्देश्यले पशुपालन कृषकलाई प्रोत्साहन गर्न समयसमयमा तालीम, गोष्ठी, अनुदानलगायत कार्य गरिँदै आएको उनले जानकारी दिए ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top