सशस्त्र प्रहरीका सहायक हवल्दार ३५ हजार घुससहित पक्राउ

१८ मंसिर ७७, शुक्रबार

१९ मंसिर, रुपन्देही ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सशस्त्र बल, बोर्डर आउट पोष्ट कपिलवस्तु कृष्ण नगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीबाट ३५ हजार घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा शुक्रवार लिइएको अख्तियार बुटवल कार्यालयका सूचना अधिकारी सरेश भुसालले जानकारी गराए।

Advertisement

घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए बापत सेवाग्राहीबाट ३५ हजार घूस माग गरिरहेको भन्ने उजुरी तथा सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले हवल्दार गुरुङलाई नियन्त्रणमा लिएको हो ।

सूचना अधिकारी सुरेश भुसालका अनुसार कपिलवस्तुको कृष्ण नगर नगरपालिका वडा नम्बर १२ गोलघरस्थित मिलन रेष्टुरेण्ट एण्ड दुर्गा गेष्ट रङेहात नियन्त्रणमा लिइएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top