×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

दक्षिण एसियाकै ठूलो म्याग्नेसाइट उद्योग २२ वर्षदेखि बन्द

२० मंसिर २०७७

दोलखा : दोलखा र सिन्धुपाल्चोक जिल्लामा फैलिएको छ, ओरियन्ड म्याग्नेसाइट उद्योग। यो दक्षिण एसियाकै ठूलोमध्येको एक म्याग्नेसाइट उद्योग हो। तर, देशको औद्योगिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने सम्भावना बोकेको यो उद्योग पछिल्लो दुई दशकयता बेहाल अवस्थामा छ।

बेलाबेलामा पुनः सञ्चालनमा ल्याउने चर्चा चले पनि २२ वर्षदेखि यो उद्योग सञ्चालनमा आउन सकेको छैन। यो उद्योगले कुनै समय २ हजारभन्दा बढीलाई रोजगारी दिएको थियो। सरकारी उदासीनताका कारण उद्योग सञ्चालनमा नआएपछि अर्बाैं मूल्य बराबरको म्याग्नेसाइट र खरिढुंगा उपयोगविहीन बनेका छन्। उद्योग सञ्चालनमा नआउँदा हजारौंले रोजगारीको अवसर गुमाएका छन् भने उद्योगको करोडांै मूल्य बराबरको संरचना र सामान कवाडीमा परिणत हुँदै गएका छन्।

Advertisement
Advertisement

ओरियन्ड म्याग्नेसाइटको विश्व बजारमा उच्च माग हुँदाहँुदै भारतीय एक कम्पनीको दबाबमा ०५५ सालदेखि उद्योग पूर्ण रूपमा बन्द भएको हो। ०५८ सालमा तत्कालीन माओवादीले ओरियन्ड म्याग्नेसाइट उद्योगमा आगजनी गरेर करोडौंको सामान नष्ट गरेपछि अहिले यो उद्योगको भग्नावशेष मात्र बाँकी छ।

सरकारी बेवास्ताकै कारण उद्योग सञ्चालनमा आउन नसकेपछि थुप्रै बहुमूल्य मेसिनका पार्टपुर्जा चोरी भइसकेका छन्। २२ वर्षदेखिका कुनै पनि सरकारको पालामा उद्योग सञ्चालनमा ल्याउन विशेष प्रयत्नसमेत नगरेका कारण उद्योगमा केही सुरक्षा गार्डबाहेक १६ जना कर्मचारी राजधानीमै तलब बुझेर बसेका छन्।

Advertisement
Advertisement

नेपाल सरकारको ७५ प्रतिशत, खेतान समूहको १२.५ प्रतिशत र भारतीय कम्पनी उडिसा इन्डस्ट्रिजको १२.५ प्रतिशत लगानी रहेको यो उद्योग सुरुदेखि नै अप्ठ्यारोमा परेको थियो। भारतीय कम्पनीको गलत नियत र नेपाल सरकारको बेवास्ताका कारण उद्योग डुबेर भारतीय पक्षले पुनः सञ्चालनमा ल्याउन नदिएपछि उद्योगको अवस्था जीर्ण बन्दै गएको हो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रवीन्द्र गौतमले लेखेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top