ओलीकाे चेतावनी- ‘अध्यक्ष र प्रधानमन्त्री छोड्दिनँ, जे गर्नुहुन्छ, गर्नुस्’

२० मंसिर ७७, आइतबार

काठमाडौं : सत्तारूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा सहमतिअनुसार अघि बढ्नुपर्ने पद्धतिलाई तिरस्कार गर्न खोजिएकामा असन्तुष्टि व्यक्त गर्दै कुनै पनि हालतमा प्रधानमन्त्री र अध्यक्ष पद नछोड्ने बताएका छन् । शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले महाधिवेशन नहँुदासम्म हरेक निर्णय सहमतिमै गर्नुपर्ने नियम भत्काई पार्टी एकताको स्प्रिट तोड्न लागेकामा आक्रोश व्यक्त गर्दै आफूलाई महाधिवेशनअघि अध्यक्षबाट र निर्वाचनअघि प्रधानमन्त्रीबाट कसैले हटाउन नसक्ने चेतावनी दिएका छन् ।

सचिवालय बैठकबाटै सहमति खोज्ने प्रयास भए पनि दुई अध्यक्षको प्रस्तावबारे सहमति खोज्न शनिबारको सचिवालय बैठक असफल भएको छ । प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको विवाद सचिवालय बैठकबाटै समाधान गर्नुपर्नेमा जोड दिएका थिए तर सहमति हुन नसकेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल पक्षले भने दुवै प्रस्ताव स्थायी समितिको बैठकमा लगेर छलफल गर्नुपर्नेमा जोड दिएका थिए । सचिवालय बैठकले सहमति खोज्न नसकेपछि दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा लगेर छलफल गर्ने गरी सचिवालय बैठकले निर्णय गरेको छ । जसअनुसार आज आइतबार (२१ मंसिरमा) पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठक बस्ने निर्णय गरिएको छ ।

प्रधानमन्त्री ओलीले भने स्थायी कमिटीको बैठक केही दिनपछि राख्न प्रस्ताव गरेका थिए । सचिवालय बैठकमा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा कार्यदल बनाएर पार्टीको संकट निवारण गर्नुपर्ने प्रस्ताव राखेका थिए तर नेता गौतमले थापाको प्रस्ताव अस्वीकार गरे । प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको विवाद समाधान गर्न गृहमन्त्री तथा सचिवालय सदस्य थापाले ल्याएको प्रस्ताव प्रभावकारी हुन सक्ने भन्दै थापाको प्रशंसा गरेका थिए । सचिवालय बैठकमा थापाले ल्याएको प्रस्तावमा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा महासचिव विष्णु पौडेललले सहमति जनाएका थिए ।

Advertisement

अध्यक्ष तथा प्रधाननमन्त्री ओलीले विभिन्न गलत उद्देश्य पूरा गर्न बैठकमा बल प्रयोग गर्न थालिएको भन्दै त्यसको सशक्त प्रतिरोध गरिने बताए । ‘तपाईंहरूले बल प्रयोग गरेर जसरी पनि बैठक राख्नुभएको छ, सहमति भाँड्न खोज्नुभएको छ, त्यो कार्य मेरा लागि मान्य हुने कुरै छैन,’ प्रधानमन्त्री ओलीले भने । वरिष्ठ नेता नेपालले ओलीमा अझै घमण्ड र अहंकार रहेको भन्दै सच्चिनुपर्ने आवश्यकता औंल्याएका थिए ।

सचिवालय बैठक बस्नुअघि दुई अध्यक्ष ओली र दाहालले छुट्टाछुट्टै छलफल गरेका थिए । उनीहरूबीच तीन हप्तादेखि संवाद हुन सकेको थिएन । तर लामो संवादहीनता तोड्दै दुई अध्यक्षबीच गोप्य छलफल भएपछि नेकपामा देखिएको संकट केही मत्थर हुने विश्वास गरिएको थियो तर शनिबारको सचिवालय बैठकमा कुनै सहमति भएन ।

Advertisement

एजेन्डाबारे प्रश्न

ओलीले स्थायी कमिटी बैठकका एजेन्डा के हुने भन्दै अर्का अध्यक्ष दाहालसँग प्रश्न गरेका छन् । तर अध्यक्ष दाहालले यसअघि नै बैठक मिति र एजेन्डा तय भइसकेको बताउँदै अब दुवै अध्यक्षले पेस गरेको प्रस्तावबारे स्थायी कमिटी बैठकमा छलफल हुने बताए ।

अध्यक्ष ओलीले आइतबारको बैठक बस्न नसक्ने अडान लिए पनि बहुमत सदस्यले बैठक बस्नुपर्ने अडान लिएको सचिवालय बैठकमा सहभागी एक नेताले बताए । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठेले आइतबार स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने जानकारी दिए ।

‘स्थायी कमिटी बैठक बस्ननुपर्ने औचित्य अहिले छैन, बैठकका एजेन्डा पनि छैनन्,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, ‘पार्टी एकताको सहमति र पार्टी विभाजन गर्ने हिसाबले जानु राम्रो होइन ।’

तर अध्यक्ष दाहालले स्थायी कमिटी बैठकमा दुवै अध्यक्षले पेस गरेको प्रस्तावमा छलफल हुने एजेन्डा सुनाए । अहिले पार्टी गम्भीर अवस्थामा पुुगेकाले दुवै अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमा छलफल गर्नु नै अहिलेको एजेन्डा रहेको उनले बताए ।

‘संकट समाधान गर्न मैले पनि प्रस्ताव पेस गरेको छु । केपी कमरेडले पनि पेस गर्नुभएको छ । त्यसमाथि छलफल गर्ने हो । धेरै दिनपछि आज केपी कमरेड र मेरो कुरा भयो,’ दाहालले भने, ‘तर त्यसमा केही सहमति र निष्कर्ष केही भएको छैन । भोलि स्थायी कमिटीको बैठक बोलाएकै छौं, अब त्यहीँ छलफल गरौं ।’

सचिवालय सदस्य ईश्वर पोखेरलले पहिला सचिवालयकै बैठकमा छलफल गरेर मात्रै स्थायी कमिटीमा जाँदा राम्रो हुने भए पनि सचिवालयमा नसकेपछि स्थायी कमिटीमा जानु नै उपयुक्त हुने बताएका थिए । उनले आफ्ना विचार त्यहीँ राख्ने पनि बताएका थिए । तर महासचिव विष्णु पौडेलले सचिवालयको औचित्यमाथि प्रश्न उठाएका थिए । उनले सचिवालयको औचित्य समाप्त भइसकेको भन्दै सचिवालय विघटन गर्नुपर्ने प्रस्तावसमेत राखेका छन् ।

‘प्रचण्डको लाञ्छना पत्र छलफलका निम्ति उपयुक्त होइन । त्यसलाई फिर्ता लिनुपर्छ । यसलाई लिएर स्थायी कमिटीमा जान सकिन्न । स्थायी कमिटीको बैठक भोलि बस्दैन । यहीँ छलफल गरौं । एउटा निष्कर्ष निकालौं । त्यसपछि मात्रै स्थायी कमिटीको बैठक हुन सक्छ,’ प्रधानमन्त्री ओलीले बैठकमा भनेका थिए ।, याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top