संक्रमित महिलाको कोरोना अस्पताल मै मृत्यु

२१ मंसिर, रुपन्देही । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा एक महिला कोरोना संक्रमितको मृत्यु भएको छ ।

Advertisement

सैनामैना नगरपालिका–१ की ५५ वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान ४ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनको मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मंसिर ११ गते अस्पतालमा भर्ना गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top