भोलि सगरमाथाको उचाइ सार्वजनिक गरिने

२१ मंसिर ७७, आइतबार
Share this
758shares

२१ मंसिर, काठमाडौं ।

Advertisement

सरकारले विश्वकाे सर्वाेच्च शिखर सगरमाथाको नयाँ उचाइ साेमबार सार्वाजनिक गर्ने भएको छ । नापी विभागले साेमबार दिउँसो पत्रकार सम्मेलन गरी सो नयाँ उचाइ सार्वजनिक गर्न लागेको विभागका उपमहानिर्देशक सुशील नरसिंह राजभण्डारीले जानकारी दिए।

सगरमाथाको उचाइ मापनको क्रममा लेबलिङ, ग्रेभिटी, सगरमाथाको शिखरको जीपीएस अबजर्भेसन, तथ्याङ्कहरूको प्रोसेसिङ गर्ने तथा त्रुटिहरूलाई हटाउने काम सम्पन्न भइसकेको छ । यसअघि विदेशी टोलीसमेतको सहभागितामा सगरमाथाको उचाइ नाप्ने काम भएको भए पनि यसपटक भने नेपाली प्राविधिक टोलीले नै सगरमाथाको उचाइ नापेको थियो ।

Advertisement

सगरमाथाको उचाइ नाप्ने कामका लागि नापी विभागका कर्मचारीले सगरमाथाको शिखरमा पुगेर तथ्याङ्करू संकलन गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top