भिजिट भिसामा कडाइ : अंग्रेजी जान्नै पर्ने !

२१ मंसिर ७७, सोमबार

काठमाडाैँ : सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएको छ । भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मानव तस्करीमा संलग्न गिरोहले युवालाई विदेश पुर्याउने गरेको घटना बढ्न थालेपछि सरकारले कडाइ गर्न लागेको हो ।

वैदेशिक रोजगार व्यवसायी र ट्राभल एजेन्सीका साथै श्रम र अध्यागमन कर्मचारीको सेटिङमा विमानस्थलबाट भिजिट भिसाकै आवरणमा मानव तस्करी बढेको सरकारको निष्कर्ष छ ।

भिजिट भिसामा विदेश जानेका लागि राहदानी र भिसासहित १ हजार अमेरिकी डलर साथमा राख्नुपर्ने, फिर्ता हुने हवाइ टिकटका साथै घुम्न जाने देशमा बस्ने व्यवस्था हुनुपर्ने प्रावधान रहेकामा अब त्यस्ता व्यक्तिले २० लाख रुपैयाँको बीमा र न्यूनतम एसएलसी सरहको शैक्षिक योग्यता वा अंग्रेजी बोल्न जान्नुपर्ने व्यवस्था गर्न लागिएको छ ।

Advertisement

खाडी मुलुकमा मात्रै भिजिट भिसामा गएर अवैध रुपमा बस्ने ५० हजारभन्दा बढी महिला रहेको अनुमान छ । अध्यागमन कार्यविधि संशोधनको मस्यौदा बनाएर छिट्टै गृह मन्त्रालयमा पठाइने महानिर्देशक रमेश केसीले बताए ।, आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top