हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि

२२ मंसिर ७७, सोमबार

२२ मंसिर, सिमकोट ।
उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ ।

Advertisement

यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो ।
उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट ट्रेसिङका क्रममा स्वाव सङ्कलन गरी १२ जना सुरक्षाकर्मीको पिसीआर परीक्षण गरिएको थियो ।

मङ्सिर १९ गते स्वाव सङ्कलन गरी पिसीआर परीक्षणका लागि सुर्खेत पठाइएका मध्ये ११ जनामा कोरोना देखिएको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।

Advertisement

यो सँगै हुम्लामा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७८ पुगेको छ । अहिले जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ११ रहेको छ भने ६७ जना निको भइसकेका छन् ।

कोरोनामुक्त घोषणा गरिएको हुम्लामा केही दिन अगाडि मात्रै सदरमुकाम सिमकोटदेखि उत्तरतिर पर्ने नाम्खा गाउँपालिकाको केन्द्र यालवाङमा ५६ जनामा कोरोना पुष्टि भएपछि जिल्लामा सञ्चालन गरिएका विद्यालहरु पुनः बन्द गरिएको छ ।

Advertisement

स्थानीय तहले विद्यालय पुनः सञ्चालन गर्ने तयारी गरिरहेका बेला सदरमुकाम सिमकोटमा सङ्क्रमणको जोखिम बढेकाले विद्यालय सञ्चालनमा अन्योल छाएको छ ।

आइतबार सङ्क्रमण पुष्टि भएका ११ जना सिमकोट विमानस्थलमा रहेको सुरक्षा गार्ड क्वार्टरको होमआइसोलेसनमा बसेको जिल्ला अस्पताल हुम्लाका वरिष्ठ अनमी सरिता बोहराले बताइन् ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top