सिद्धबाबाको मुद्दामा अदालतमा एकतर्फी बहस, सरकारी वकिल गएनन् वहसमा

२२ मंसिर, विराटनगर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालत सुनसरीमा एकतर्फी बहस भएको छ ।

सरकारी वकिलको कार्यालयले सोमबारको पेसी सार्न अनुरोध गर्दै पेस गरेको पत्र अदालतमा दर्ता नै भएन, तर प्रमुख न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासमा उक्त मुद्धामा सिद्धबाबा पक्षका कानुन व्यवसायीले बहस गरे ।

एक अनुयायीमाथिको बलात्कार मुद्धामा सोमबारको पेसी तोकिएको थियो । तर केही दिनअघि बलात्कार मुद्धामा नै थुनामा राख्ने कि नराख्ने भन्ने विषयमा सर्वोच्चसम्म मुद्धा पुग्दा जिल्ला सरकारी वकिल कार्यालयबाट मिसिल महान्यायाधिवक्ता कार्यालय पुगेको र जिल्लामा फिर्ता नआएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

आफूहरुसँग मिसिल नभएकाले पेशी सार्न माग गर्दै पत्र बुझाएको तर सुनुवाई नभएको जिल्ला न्यायाधीवक्ता गोकुल निरौलाले बताए । सोमबारको इजलासमा पत्र बुझाउँदा न्यायाधीशले बुझ्न अस्वीकार गरेको, दर्ता फाट र श्रेस्तेदारलाई बुझाउदा पनि पत्र नबुझेपछि सरकारी वलिक बहसमा नगएको निरौलाले बताए ।

निरौलाका अनुसार सिद्धबाबाको मुद्दामा बहस गर्ने सरकारी वकिलको सरुवा भएको र मिसिल महान्याधिवक्ताको कार्यालयबाट फिर्ता आइनपुगेकाले केही दिन सार्नका लागि पत्र पेस गरिएको हो ।

जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले सोमबारको इजलासमा प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस गरेको बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top