विराटनगरका विद्यालयहरू पुस २ गतेदेखि खुल्ने

२२ मंसिर, विराटनगर । कोरोना महामारीका कारण विगत ८ महिनादेखि बन्द रहेका विराटनगरका विद्यालयहरू पुस २ गतेदेखि सञ्चालन हुने भएका छन् ।

Advertisement

विराटनगर महानगपालिकाले कोरोना जोखिम कम भएको निष्कर्ष निकाल्दै आगामी पुस २ गतेबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

विहान र दिउँसो गरि दुई सिफ्टमा कक्षा सञ्चालन हुनेछन् । साथै अनलाइन कक्षा पनि सञ्चालनमा ल्याउने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

Advertisement

स्कुल खोल्नुअघि अभिभावकसँग छलफल गरेर सतर्कतासहित कक्षा सञ्चालन हुने भन्दै मेयर पराजुलीले जोखिम कम भएकाले विद्यालय खुला गर्ने निर्णय भएको दाबी गरे।

विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या ६ हजार ८८३ छ । पछिल्लो समय संक्रमण निरन्तर घट्दो क्रममा रहेको मेयर पराजुलीले बताए। कोरोना संक्रमणको चेन ब्रेक भएको बताउँदै उनले सतर्कताका साथ विद्यालय सञ्चालन गरिने निर्णय भएको बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top