मझौला उद्योगलाई पूरानै अवस्थामा फर्काउन अझै ३ वर्ष लाग्ने

२२ मंसिर, काठमाडौं । कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई माथि उठाउन उद्योग र श्रमिकहरुबीच समन्वयको आवस्यकता रहेको सरोकारवालाहरुले बताएका छन् ।

कोभिड १९ का कारण रोजगारी र औद्योगिक क्षेत्रको सम्बन्धमा अरेको असर सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले विपदको अवस्थामा श्रमिक र रोजगारदताबीच समन्वय गरेर अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष रामचन्द्र संघाईले रोजगारी गुमाएकालाई पुन रोजगारीमा फर्काउन चुनौति भएको बताए ।

पर्यटन, रेस्टुरेन्ट, साना तथा मझौला उद्योगलाई पुरानै अवस्थामा फर्काउन अझै २/३ वर्ष लाग्ने भएकाले रोजगारी फर्काउन समेत चुनौति देखा परेको बताएका हुन् ।

ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्र यादवले श्रमिक र उद्योगबीचको सम्बन्ध सुधार्नुपर्ने अवस्था आएको बताए। कोभिडका कारण उद्योग र श्रमिक दुवैलाई समस्या परेको अवस्थामा मिलेर समस्याको समाधान गर्नुको विकल्प नरहेको पनि यादवले बताए ।

अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष धनबहादुर बिकले देशको लागि उद्योग कलकारखाना चाहिएको हो भने श्रमिकका समस्या सबैभन्दा पहिला समाधान हुनुपर्ने बताए । अहिले पनि उद्योग लगानीकर्ताको मात्रै हो भन्ने सोच राख्ने हो भने समस्या उत्पन्न हुने बताए ।

कोरोनाका कारण उद्योग व्यवसाय पुरानै लयमा सूचारु हुुन नसक्दा करिब १५ लाख रोजगारी गुमेको अनुमान गरिएको छ । यस्तै वैदेशिक रोजगारीबाट डेढ लाख बढी युवाहरु स्वदेश फर्किएका छन् ।

त्यसैले पनि रोजगारी संकट समाधान गर्नका लागि श्रमिक, उद्योग र सरकारबीच समन्वय हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top