दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(चर्चा सर्वदलीयको)
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठकको आह्वान /बैठक भोलि मंगलबार बिहान ११ बजे बस्ने तय ।

२.(अपराध कहाँ लुक्छ र ?)
पहिलो संविधानसभा निर्वाचनताका रौतहटमा भएको बम विस्फोट गराई घाइतेलाई जिउँदै जलाइएको भनिएको प्रकरणमा थप एक पक्राउ /घटनामा संलग्नताको आरोपमा फरार रहेका पूर्वसांसद अफताब आलमका भाइ मोहम्मद महताब आलम प्रहरी नियन्त्रणमा ।

३.(सिद्धबाबालाई सफाइ)
अनुयायी बलात्कारको आरोपमा कारागारमा रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीबाट सफाइ/ गिरी पक्षका एकपक्षीय वकिलको वहसपछि कृष्णदासलाई सफाइ दिने सुनसरी जिल्ला अदालतको आदेश ।

४.(आज पनि उस्तै)
नेपालमा २४ घण्टामा थप २० संक्रमितको मृत्यु/ आजै १६ सय २८ संक्रमित डिस्चार्ज हुँदा थपिए १ हजार १४ संक्रमित /आज देशभर १२ हजार ९४८ सक्रिय संक्रमित ।

५.(आशा पलायो)
सरकारले कोरोनाविरूद्धको खोप विश्व बजारमा आउनेबित्तिकै तत्काल नेपाल ल्याउने गरी पूर्वतयारीको काम गर्दै /कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने योजना /२० प्रतिशत खोप ’कोभ्याक्स’ ले दिने /बाँकी ५२ प्रतिशत सरकारले आफैले ल्याउने ।

६.(खुल्छ त यूरोप ?)
युरोपियन युनियनले नेपालको हवाई उड्डयनलाई कालो सूचीबाट हटाउने संकेत दिएको भन्दै पर्यटन मन्त्री योगेश भट्टराईद्वारा खुशी व्यक्त /युरोपियन युनियनले जारी गरेको स्टेटमेन्ट स्वागतयोग्य भएको उल्लेख ।

७.(राप्रपाको राग)
राजसंस्थाको पक्षमा सडकमा उत्रिएकाहरुलाई राप्रपाको समर्थन /मुलुकलाई जोगाउन राजसंस्था अपरिहार्य भएको राप्रपाका नेताहरुको भनाई /राजसंस्था पुनस्थापना गर्ने एजेण्डा कुनै व्यक्तिको स्वार्थसँग जोडिएको नभई देशको राष्ट्रिय अस्तित्वसँग गाँसिरएको उल्लेख ।

८.(खुल्ने भए स्कुल)
कोरोना महामारीका कारण विगत ८ महिनादेखि बन्द रहेका देशभरका विद्यालयहरु विस्तारै सञ्चालनमा आउँदै /विराटनगर महानगपालिकाले विराटनगरका विद्यालयहरू पुस २ गतेदेखि खोल्न दिने निर्णय ।

९.(चुके सदस्यहरु)
आयोगको प्रतिवेदन छाप्ने संस्थालाई कारबाही गर्ने शिक्षा मन्त्रालयको निर्णय गलत भएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्यहरूको निष्कर्ष /सरकारी लोगो र शिक्षा मन्त्रालयको नाम राखेर प्रतिवेदन छाप्दा असहज परिस्थिति उत्पन्न हुन गएकोमा भने सदस्यहरूद्धारा क्षमा माग ।

१०.(हुलाकीको रफ्तार)
सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भइरहेको हुलाकी राजमार्ग आगामी दुई वर्षभित्रमा सञ्चालनमा आउने / तीन सय ४३ किलोमिटर लामो हुलाकी राजमार्गको करिब ४८ प्रतिशत काम सम्पन्न ।

११.(म्याद थपिदेउ)
कोभिडका कारण निर्माण क्षेत्र प्रभावित भएको भन्दै आयोजनाहरुको म्याद थप गर्न नेपाल निर्माण व्यवसायी महासंघको माग /कोभिडका कारण करिब ६ हजार आयोजनाहरु प्रभावित /निर्माण सामग्रीको उपलब्धता नहुँदा महंगी बढ्यो ।

१२.(श्रमिकलाई नभुलौं)
कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई माथि उठाउन उद्योग र श्रमिकहरुबीच समन्वयको आवस्यकता रहेको सरोकारवालाहरुको भनाई /कोरोनाका कारण करिब १५ लाख बढीको रोजगारी गुमेको अनुमान / श्रमिकका बारेमा नसोच्ने हो भने समस्या उत्पन्न हुने उल्लेख ।

१३.(पैसा दिनेहरु को को ?)
कतार प्रहरीमा जान राहदानी र रकम बुझाएकालाई सम्पर्कमा आउन वैदेशिक रोजगार विभागको आग्रह / उजुरी पुस २१ भित्र वैदेशिक रोजगार कार्यालय वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासनमा दिन सकिने ।

१४.(आलोचित हुँदै भारत)
किसानलाई मर्का हुने र व्यापारीलाई फाइदा पुग्ने कृषि कानुनको विरोधमा भारतमा मात्र नभई बेलायतको लण्डनमा पनि प्रदर्शन /आन्दोलन नियोजित भएको भारतको दाबी /किसान यात्रामा सहभागी हुन गइरहेका समाजवादी पार्टीका अखिलेश यादव पक्राउ ।

१५.(विश्वमा आज)
कोरोना महामारीका कारण हालसम्म विश्वमा १५ लाख ४३ हजार बढीको संक्रमितको मृत्यु / ६ करोड ७४ लाख बढीमा संक्रमण पुष्टि हुँदा ४ करोड ६६ लाख बढी उपचार पछि निको भए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top