सास्ती झेल्दै सीमा सुरक्षा

सास्ती झेल्दै सीमा सुरक्षा

फिदिम: पाँचथरको ४४.३८ किलोमिटर सीमा क्षेत्र भारतका पश्चिम बंगाल र सिक्किमसँग जोडिएको छ। सरकारले उच्च पहाडी यो क्षेत्रमा हालै चारवटा बोर्डर आउटपोस्ट (बीओपी) स्थापना गरेको छ। तर, आवश्यक पूर्वाधार नहुँदा बीओपीमा खटिने सशस्त्र प्रहरीको दैनिकी सकसपूर्ण बनेको छ।

याङवरक गाउँपालिकाका चिवाभञ्ज्याङ, सुकेढाप र फालेलुङ गाउँपालिकाका भँैसे र फालोटमा बीओपी खडा गरिएको हो। यी ठाउँमा अहिले हिउँ पर्न थालेको छ। बीओपीका लागि आफ्नै भवन छैन। गाउँपालिकाले टिनले बारेर बनाएको कच्ची भवनमा बसेर सीमा सुरक्षामा प्रहरी तैनाथ छन्।

‘सीमा क्षेत्रमा बीओपी राख्नु स्वागतयोग्य काम हो’, फालेलुङ गाउँपालिका–३ का वडाध्यक्ष वीरविक्रम थाम्सुहाङले भने, ‘सीमा सुरक्षामा खटिने प्रहरीलाई बस्नका लागि गतिलो भवन छैन। चिसो बढेपछि गोठ तल झर्न थालेका छन्। प्रहरी नै चिसोले कठ्यांग्रिने सम्भावना छ।’ पर्याप्त तयारीबिना बीओपी स्थापना गरिँदा प्रहरीलाई कठिन भएको स्थानीयको बुझाइ छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.