दक्षिण अफ्रिका र इङ्ल्यान्डबीचको एकदिवसीय सिरिज रद्द

दक्षिण अफ्रिका र इङ्ल्यान्डबीचको एकदिवसीय सिरिज रद्द

२३ मंसिर,एजेन्सी।
घरेलु टोली दक्षिण अफ्रिका र इङ्ल्यान्डबीचको एकदिवसीय क्रिकेट सिरिज रद्द भएको छ ।

यसअघि कोरोनाका कारण दुई पटक रद्द भएको सिरिज नहुने भएको हो । दक्षिण अफ्रिका र इङ्ल्यान्ड दुबै देशका खेलाडीमा कोरोना संक्रमण देखिएपछि तीन खेलको एकदिवसीय सिरिज रद्द गरिएको क्रिकेट दक्षिण अफ्रिकाले जनाएको छ ।

इङ्ल्यान्डका दुई खेलाडी र दक्षिण अफ्रिकाका एक खेलाडीमा कोरोना देखिएको थियो । त्यस्तै होटलका दुई कर्मचारीलाई कोरोना पुष्टि भएपछि सिरिज रद्द गर्नु परेको हो ।

दक्षिण अफ्रिका र इङ्ल्यान्डबीचको टि–ट्वान्टी सिरिज भने यसअघि नै सकिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.