निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर आन्दोलित हुँदा काम ठप्प

२३ मंसिर, काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर आन्दोलित भएका छन् ।

अरुण तेस्रो परियोजनाका मजदुर विभिन्न माग राख्दै सोमबारदेखि आन्दोलित हुँदा काम ठप्प भएको छ । बाँधस्थल मकालु गाउँपालिकालु-५ फ्याक्सिन्दाका मजदुर ज्याला बढाउन माग गर्दै दिनभर आन्दोलित भएका छन् ।

सोमबार बिहानैदेखि मजदुर आन्दोलित हुँदा अरुण तेस्रोको बाँधस्थल फ्याक्सिन्दा दोभानमा काम अवरुद्ध भएको हो । अरुण तेस्रो सुरुङमार्ग निर्माणलगायतका बाँधस्थलको काम भारतीय निर्माण कम्पनी जेपी एशोसियटर्स कन्स्ट्रक्सनले गरिरहेको छ ।

Advertisement

बाँधस्थलका मजदुरले भौतिक पूर्वाधार कार्यालय सङ्खुवासभाले निर्धारण गरेको दररेटअनुसारको ज्याला नदिएको, आठ घण्टाभन्दा बढी काम लगाएको, समयमा तलब भुक्तानी नगरेको भन्दै कार्यालय घेराउ गरेका छन् ।

निर्माण कम्पनीले लामो समयदेखि मजदुरको ज्याला नबढाएको, स्थानीय श्रमिक तथा मजदुरलाई काम नदिएकोलगायतका विषयमा ठेकेदार निर्माण कम्पनीसँग असन्तुष्टि जनाउँदै पटक-पटक काम अवरुद्ध गर्दै आएका छन् ।

Advertisement

अरुण तेस्रोका मजदुरले यसअघि पनि ज्याला बढाउन माग गर्दै काम अवरुद्ध गर्दा तत्कालै बढाउने सहमति भएको थियो । वर्ष दिन बितिसक्दासमेत ज्याला बढाउने र स्थानीय मजदुरलाई काम दिने सहमति निर्माण कम्पनीले पालना नगरेको भन्दै पुनः काम अवरुद्ध पार्न बाध्य भएको मजदुर विशाल चौहानले बताए ।

अरुण तेस्रोको बाँधस्थलमा कार्यरत मजदुरले ज्याला बढाउनुपर्ने माग गरेको भए पनि काम भने अवरुद्ध नभएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए ।

बहुचर्चित ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको छ । अरुण तेस्रो परियोजनाको गत कात्तिक २६ गते प्रधानमन्त्री केपी ओलीले समेत स्थलगत अनुगमन गर्दै काम सन्तोषजनक रहेको बताएका छन् ।

अरुण तेस्रो परियोजनामा कूल एक खर्ब ४४ अर्ब रूपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । सत्तरी प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीमा निर्माण गर्न लागिएको हो ।

मकालु-५ फ्याक्सिन्दा दोभानबाट ११ किलोमिटर सुरुङ खनेर चिचिला गाउँपालिका-२ को पुखुवामा विद्युत् गृहस्थल रहने छ । विद्युत्गृह पुखुवामा भारतीय पटेल इञ्जिनीरिङ कम्पनीले काम गरिरहेको छ । (रासस)

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top