बेलायतमा कोराना खोप दिन सुरु, ९० वर्षीया महिला बनिन् पहिलो प्रयोगकर्ता

२३ मंसिर, काठमाडौं । बेलायतमा कोराना विरुद्धको खोप दिन सुरु गरिएको छ ।

Advertisement

फाइजर बायोटेक कम्पनीले बनाएको खोप ९० वर्षकी महिलालाई दिएर सुरुवात गरिएको बीबीसीले जनाएको छ । पहिलो खोप लगाएकी ९० वर्षीया महिला मार्गरेट केननले आफू कोरोना विरुद्धको खोप लगाउने पहिलो भाग्यमानी हुन पाएको गर्व लागेको बताएकी छन् ।

फाइजर कम्पनीले बनाएको यो खोप उमेर ढल्किएका र कोरोनाको उच्च जोखिममा रहेका व्यक्तिलाई दिइनेछ । यो खोप लाखौँ जनामा प्रयोग हुने बीबीसीले जनाएको छ । कोरोना विरुद्धको खोप आम नागरिकमा प्रयोग गर्न दिनेमा बेलायत पहिलो देश बनेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top