क्रिसमसपछि अमेरिकामा कोरोनाको अर्को लहर आउने विज्ञको चेतावनी

२३ मंसिर, एजेन्सी । अमेरिकाका वरिष्ठ सङ्क्रामक रोग विज्ञ डाक्टरले क्रिसमसपछि कोरोना भाइरसको अर्को लहर आउने चेतावनी दिएका छन् ।

वरिष्ठ सङ्क्रामक रोग विज्ञ डाक्टर एन्थोनी फाउचीले अमेरिकामा ’थ्याङस्गिभिङ डे’पछि कोरोनाको सङ्क्रमण बढेकाले क्रिसमसपछि झन् बढ्ने चेतावनी दिएका हुन् ।

उनले क्रिसमस र नयाँ वर्षको छुट्टीको समय थप चुनौतिपूर्ण बन्न सक्ने बताएका बीबीसीले जनाएको छ । समाचार संस्था सीएनएनसँग कुरा गर्दै उनले लामो बिदाको समय आउन लागेकाले परिस्थिति थप जटिल बन्न सक्ने बताएका हुन् । अमेरिकामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या औसतमा दैनिक दुई लाख पुग्ने क्रममा छ ।

Advertisement

अस्पतालहरू कोरोना भाइरसका बिरामीले भरिन थालेपछि अमेरिकाका दुई ठूला राज्यहरू क्यालिफोर्निया र न्युयोर्कले खराब जनस्वास्थ्य सङ्कटको चेतावनी दिएका छन् ।

न्युयोर्कका गभर्नर एन्ड्रिउ कुमोले त्यस्तो अवस्थासँग जुझ्न थप प्रतिबन्धहरू लगाउनुपर्ने बताउनु भएको छ । यस्तै, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युजोमले अस्पतालहरू खतराको तहमा भरिभराउ भइसकेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।

Advertisement

अमेरिकामा अहिले १ करोड ५३ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने दुई लाख ९० हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top