संसद सेवा दिवसको अवसरमा विभिन्न कार्यक्रम

२३ मंसिर ७७, मंगलबार

२३ मंसिर, काठमाडौं । संघीय संसद सचिवालयले संघीय संसद सेवा दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

Advertisement

संघीय संसद सचिवालय, संघीय संसद सेवा दिवस मुल समारोह समितिले विभिन्न कार्यक्रम आयोजना गरी ‘१४ औं संघीय संसद सेवा दिवस–२०७७’ मनाउन लागेको हो ।

२०५८ मंसिर २८ गते संसद सेवालाई निजामति सेवाबाट अलग गरी संसद सेवा ऐन जारी भएको दिनको अवसर पारेर २०६३ मंसिर २८ गते देखि संसद सेवा दिवस मनाईदै आएको छ ।

Advertisement

२०५८ देखि २०६३ को बिचमा संसद नै नरहेको कारण संसद सेवा दिवस मनाइएको थिएन । सोही दिवस मनाउने क्रममा संघीय संसद सचिवालयले रक्तदान, वक्तित्वकला लगायतका विविध कार्यक्रम आयोजना गरेको छ ।

Advertisement

मंगलबार आयोजना गरिएको रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै सभामुख अग्निप्रसाद सापकोटाले कोभिडको परिस्थितिमा रक्तदानको विशेष महत्व भएको बताए ।

अस्पतालहरुमा रगतको अभाव भएको समाचार आइरहेको अवस्थामा संघीय संसद सचिवायलले गरेको रक्तदानले सहजता पु¥याउने विश्वास व्यक्त गरे ।

संसद दिवसको दिन (मंसिर २८ गते) विशेष कार्यक्रम आयोजना हुने संघीय संसद सचिवायले बताएको छ । संघीय संसद अन्तर्गतका दुवै सदनमा १६ वटा विषयगत समिति रहेका छन् ।

संसद सेवा भित्रका कर्मचारीहरुले संसद बैठक चलाउने, समितिका बैठकहरु सञ्चालन गर्ने र आर्थिक प्रशासनिक कामहरु गर्दै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top