२३ मंसिर, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ८२ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय २१ जना डिस्चार्ज भएका छन् भने २३ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ भने २ लाख २९ हजार ५४ जना डिस्चार्ज भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या भने १२ हजार ६८६ रहेको छ । अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्या १६ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले ५२३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ । सरकारले अहिलेसम्म १७ लाख ९९ हजार ६८६ जनाको पीसीआर परीक्षण गराएको छ ।