दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(अग्लो भयो सगरमाथा)
सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर रहेको नेपाल र चीन सरकारद्वारा संयुक्त रूपमा सार्वजनिक /नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा १३ करोड रुपैयाँ खर्चेर सगरमाथाको उचाइ नाप्यो ।

२.(सर्वदलीयको सन्देश)
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आह्वान गरिएको सर्वदलीय बैठकमा सरकारकै आलोचना /सरकारले राम्रो काम नगर्दा सडकमा असन्तुष्टि देखिएको विपक्षी दलका नेताहरुको धारणा / संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने प्रधानमन्त्रीको प्रस्टोक्ति ।

३.(सार्कको औचित्य)
अवरुद्ध दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) प्रक्रियालाई ताजा गति दिनको लागि शिखर सम्मेलन शीघ्र गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड / सार्कमा भारतले चासो नदिदा शिखर सम्मेलन अनिश्चित बन्दै ।

४.(भयावह उस्तै)
नेपालमा हालसम्म १६ सय ३७ संक्रमितको मृत्यु /आज १३ सय ८२ संक्रमित थपिँदा १६ सय २१ डिस्चार्ज /देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ पुग्यो ।

५.(कित्ताकाटमा अंकुश)
पटक पटक खोल्दै रोकिदै आएकोे जग्गाको कित्ताकाटको सरकारको पछिल्लो निर्णयलाई सर्वोच्च अदालतले लगायो रोक /सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गरेको जग्गा कित्ताकाट फुकुवाको निर्णय बदर ।

६.(कहिले सम्मलाई हो ?)
भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा विवेकशील नेपाली दल र साझा पार्टीबीच बुधबार एकता हुने /आफूहरुबाट विगतमा कमजोरी भएको भन्दै रवीन्द्र मिश्रले मागे माफी ।

७.(काम एक कुरा अनेक)
जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवनको उद्घाटन /संघीय सरकारले प्रदेश २ सरकारसँग घनिष्ठ सम्बन्ध राखेको पर्यटनमन्त्री योगेश भट्टराईको भनाई/संघीय सरकारकै व्यवहारका कारण मुद्दा हाल्न बाध्य भएको प्रदेशमन्त्रीहरुको भनाई ।

८.(खोई सुरक्षा ?)
मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको अपहरणपछि घाँटी रेटेर हत्या /सुराकीको आरोपमा घरबाटै अपहरण गरी विप्लव माओवादीले हत्या गरेको र हत्यापछि विप्लव कार्यकर्ताले हवाइ फायर गरेको हुनसक्ने प्रहरीको अनुमान ।

९.(अरुण रोकियो !)
मजदुरहरुको आन्दोलनका कारण निर्माणधिन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम मंगलबार पनि ठप्प /ज्याला नबढाएको र जिल्ला दररेट अनुसार पारिश्रमिक नपाएको भन्दै २ हजार भारतीय र नेपाली कामदार आन्दोलित ।

१०.(रुसी लगानी)
नेपालमा ठूलो लगानीको जलविद्युत आयोजना निर्माण गर्ने रुसको इच्छा /रुसका दुई ठूला बैंक लान्टा र मस्को इन्डस्ट्रि«यल बैंकको नेपालको जलविद्युतमा लगानी गर्ने प्रस्ताव / विद्युत र सिंचाइका संयुक्त आयोजनाको सम्भाव्यताबारे रुसको चासो ।

११.(बुझ्न नसकिने चीन )
रसुवागढी र तातोपानी नाकाको स्थलमार्ग दिन प्रतिदिन असहज बन्दै गएपछि व्यवसायीहरू जलमार्ग भएर व्यापार गर्न बाध्य /चीनले कोरोनाको प्रभाव देखाएर नेपालीको सामान आयातमा लगाएको प्रतिबन्ध फुकुवा नगर्दा नेपाली व्यवसायीहरू मर्कामा ।

१२.(खुशी भए किसान)
वीरगञ्जको पर्सामा सरकारले तोकेको समर्थन मूल्यमा धान बिक्री हुन थाल्यो /समर्थन मूल्यमा धान बिक्री गर्दा लगानी अनुसार उचित मूल्य पाएको किसानहरुको प्रतिक्रिया ।

१३.(इजरायलमा रोजगारी)
नेपाल र इजरायलबीच भएको सम्झौतालाई कार्यान्वयन गर्दै इजरायलले आगामी महिनादेखि नेपालबाट केयर गिभर लैजाने प्रक्रिया सुरु गर्ने /सम्झौता अनुसार सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जाने ।

१४.(सुरु भयो खोप)
बेलायतमा फाइजर बायोटेक कम्पनीले बनाएको कोराना विरुद्धको खोप नागरिकलाई दिन सुरु / ९० वर्षीया महिलाले लगाइन पहिलो खोप /कम्बोडियामा सबै नागरिकलाई कोरोना खोप निःशुल्क दिइने ।

र,

१५.(विश्वको शत्रु)
विश्वमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ लाख ५२ हजार बढी पुग्यो /६ करोड ८० लाख बढी संक्रमित हुँदा ४ करोड ७१ लाख बढी संक्रमण मुक्त /अमेरिकामा क्रिसमसपछि महामारी भयावह हुने विज्ञको चेतावनी ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top