×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘सरकारले जनमतको अपमान गरेकाले शासन सञ्चालन गर्ने नैतिक आधारसमेत गुमायो’

२४ मंसिर २०७७

काठमाडौँ: प्रमुख राजनीतिक दलका नेताहरूले जनहित र जनअपेक्षाअनुसार सरकारले काम गर्न नसक्दा प्रतिगामी शक्ति चलमलाउन थालेको बताएका छन्। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरूले अहिलेका समस्याको मुख्य कारण सरकार नै भएको स्पष्ट पारे।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चरम बनेका बेला सोही दलको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक बोलाएका हुन्।

Advertisement

बैठकमा सहभागी अधिकांश नेताले कोरोना भाइरसको महामारीबाट मुलुक र जनतालाई जोगाउन लाग्नुपर्ने सरकार पार्टीभित्रको आन्तरिक कलह, भ्रष्टाचार, अनियमितता र अन्य दल विभाजन गराउनेजस्ता गतिविधिमा संलग्न भएको आरोप लगाए।

प्रधानमन्त्रीले संविधान, कानुन, देश र जनताभन्दा आफूलाई केन्द्रमा राख्दा लामो संघर्षबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा उत्पन्न हुने अवस्था आएको टिप्पणी उनीहरूको थियो।

Advertisement

सरकारले जनमतको अपमान गरेकाले शासन सञ्चालन गर्ने नैतिक आधारसमेत गुमाएको विपक्षी नेताहरूले बताए। सहभागीले सरकारले जनताको पक्षमा काम गर्न नसकेको, भ्रष्टाचार बढेको, सरकार राम्रोसँग सञ्चालन नभएको, जनताको कामभन्दा पार्टीको आन्तरिक विवादमा फसेको र सडकमा प्रतिगामीले मुन्टो उठाउने अवस्था सरकारकै कारणले आएको बताए।,यो समाचार आजको नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top