साझा र विवेकशीलबीच एकता : चुनाव चिह्न तराजु‚ १ सय ३० सदस्यीय केन्द्रीय समिति

२४ मंसिर, काठमाडौं ।

Advertisement

अलग भएको २२ महिनापछि साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ । साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका हुन् ।

एकीकरणपश्चात् नवगठित विवेकशील साझा पार्टीको चुनाव चिह्न तराजु हुने भएको छ। बुधबार पार्टी एकताको औपचारिक घोषणा गर्न आयोजित भर्चुअल समारोहमा नवगठिक पार्टीको चुनाव चिह्न तराजु हुने घोषणा गरिएको हो।

Advertisement

एकीकृत पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे छन् । मिश्र तत्कालीन साझाका तथा पाण्डे विवेकशीलका अध्यक्ष हुन्। १३० सदस्यीय केन्द्रीय समितिमा दुबै पक्षबाट ६५/६५ जना रहनेछन् । केन्द्रीय समितिको पहिलो बैठकले दुबै पक्षबाट १३/१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।

एकीकृत पार्टीका संरचनाहरु गठन, पुनर्गठन र समायोजनको काम दुई महिनामा सक्ने र ६ महिनाभित्र एकता महाधिवेशन गर्ने एकता घोषणापत्रमा उल्लेख छ ।

Advertisement

यसअघि ११ साउन २०७४ मा तत्कालीन दुई पार्टीको एकता भएको थियो भने २७ पुस २०७५ मा फुटेका थिए । 

पार्टीको एकीकरण घोषणापत्र

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top