फ्रान्समा हेलिकोप्टर दुर्घटनामा पाँचजना उद्धारकर्मीको मृत्यु

२४ मंसिर ७७, बुधबार
Share this
702shares

२४ मंसिर, पेरिस।
फ्रान्समा मंगलबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी उद्धार कार्यमा खटेका पाँचजना सदस्यको ज्यान गएको बताइएको छ । सो कुराको जानकारी फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार दिएका छन् । उनले उद्धार कार्यमा खटेका पाँच जना सदस्यको निधन भएको भन्दै दुःख व्यक्त गेरका छन् ।

Advertisement

अन्य सदस्यलाई उद्धारका काममा खटेका फ्रान्सेली हवाई उद्धार समूहका तीन जनासहित पाँचको ज्यान गएको फ्रान्सेली राष्ट्रपति म्याक्रोँको ट्वीटलाई उद्धृत गर्दै सिएनएन समाचारले जनाएको छ ।

हेलिकोप्टर दुर्घटनामा पर्दा फ्रेन्च एयर रेस्क्युका पाँचजना आपतकालीन सेवा सदस्यको मृत्यु भएको र अर्का एकजना घाइते भएका बताइएको हो ।

Advertisement

यस दुर्घटनाको कारणका बारेमा अनुसन्धान शुरु भएको छ । उक्त उद्धार टोली कसलाई उद्धारका लागि गएको थियो भन्ने स्थानका बारेमा पनि केही बताइएको छ ।प्रारम्भिक सुचनामा ती उद्धारकर्मीहरु निकै अप्ठेरो स्थानमा उद्धारका लागि पुगेका थिए भनिएको छ । यस विषयमा विस्तृत जानकारी आइसकेको छैन ।रासस/एएनआई

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top